चीनबाट करौडो रुपैया खर्चिएर ल्याएको समान नक्कली पुष्टी भएपछि प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयकै निर्देशन

wwwjerungfilmswwwjerungfilms 1 Apr 2020

 चैत्र १९, बुधबार,   २०७६ काठमाडौं | बजार मूल्य भन्दा सात गुणासम्म बढी खर्चिएर ल्याएका सामाग्री नक्कली भेटिएका छन्। केही सामाग्री नक्कली पाइएपछि स्वास्थ्य मन्त्रालयले त्यस्ता सामग्री प्रयोग नगर्न निर्देशन दिएको छ ।

सरकारले ओम्नी ग्रुपमार्फत किनेको र्यापिड डायग्नोष्टिक किट नै नक्कली भएको र त्यसलाई प्रयोगमा नल्याउन निर्देशन दिएको छ । सरकारले यो किट बजार मूल्य भन्दा चार गुणा बढी मूल्यमा खरिद गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले प्रतिकिट ८ डलरका हिसावले ७५ हजार थान किनेको थियो । त्यो सबै गुणस्तरहीन भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । त्यति सामान किन्न मात्रै ६ लाख डलर अर्थात ७ करोड रुपैयाँ खर्चिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यो किटबाट गरिएको परीक्षण विश्वसनीय नभएकाले तत्काल प्रयोगमा नल्याइएको बताए ।

विश्व स्वास्थ्य संगठन र राष्ट्रिय प्रयोगशालाको मापदण्ड अनुसार नभएकाले ओम्नीसँग किनिएका किट प्रयोगमा नल्याएको उनले बताए ।

उनका अनुसार अहिले चीनबाट आएका ७५ हजार थान किट गोदाममै थन्किएर बसेका छन् ।

साभार मिडिया डबली    

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...