ओम्‍नी समूहसँगको विवादास्पद ठेक्का रद्द, एक अर्ब २४ करोडको सम्झौता

wwwjerungfilmswwwjerungfilms 1 Apr 2020

चैत १९, २०७६ काठमाडौं : सरकारले कोरोना संक्रमण रोक्न चीनबाट स्वास्थ्य सामग्री खरिद तथा आपूर्तिका लागि ओम्‍नी ओबिसिए ग्रुपसँग गरिएको ठक्का सम्झौता रद्द गरेको छ। कोरोना संक्रमण रोक्न आवश्यक स्वास्थ्य सामाग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले ओम्‍नी समूहसँग एक अर्ब २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

उक्त समूहसँगको ठेक्का विवादमा परेको थियो। ठेक्का सम्झौता तोडिएको जानकारी बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले दिएका छन्। ‘हामीले उहाँहरुले हालेको प्रस्ताव भन्दा ०.५ प्रतिशत घटाएर प्रस्ताव पास गरेका थियौँ। तर हो यो महामारीका बेलामा छिटो सामान ल्याउन २० प्रतिशत महँगोमा सम्झौता भएको हो’, श्रेष्ठले भने, ‘हामीलाई २० प्रतिशत धेरैको तनाव थिएन। मान्छे बचाउनु प्रमुख थियो तर तर उहाँहरुले हामीलेभनेको जति सामान ल्याउनु भएन। ३० तारिखसम्म १० प्रतिशत मात्रै सामान आएको छ।

 आजसम्म कबोल अंकको १८ प्रतिशत मात्रै सामान आउनुपर्ने थियो। तर नआएपछि हामीले ‌ओम्रीसँगको सम्झौता रद्द गरेका छौं।’ श्रेष्ठले सम्झौता रद्द गरेर ओम्रीको धरौटी जफत तयारी भइरहेको जानकारी दिए। ओम्रीले उक्त ठेक्काका लागि ५ कराेड रुपैयाँ धराैटी राखेको थियो। ‘उहाँको धरौटी जफत गरेर कालोसूचीमा लाने तयारी भएको छ’, उनले भने, ‘अब पहिलेको टेण्डरका साथीहरुलाई बोलाउँदैछौं। थप आवश्यकताका लागि तीन दिनको सूचना निकाल्छौं। सस्तोमा दिन्छौं भनेका छन्।

बढीमा ५ दिनभित्रमा ल्याउने शर्तमा सम्झौता र वार्ता गर्छौं’, उनले भने, ‘सामानहरु उपलब्ध गराउँछौं भनेकाले विश्‍वस्त छौँ।’ श्रेष्ठले सामान अभावमा बिरामीको जाँच नरोक्न अपिल गरेका छन्। ‘स्वास्थ्यर्कमी सबैसँग अनुरोध, कुनै पनि सामानको अभावमा बिरामी जाँच्न नरोक्नुस’, उनले भनेका छन्, ‘चीनबाट सामान ल्याउन सक्नु भएन केही दिनको समस्या टार्न त सक्छौं तर दीगो समाधान तत्काल चाहिएको छ।’ ओम्नी समूह ओम्‍नी समूह प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिन्छ। 

यो समूहले १ अर्ब २४ करोड रुपैँयामा अत्यावश्यक सामग्री खरिद गर्ने ठेक्का स्वास्थ्यमन्त्रीस्तरीय समितिको बैठकबाट पाएको थियो। ओम्‍नी समूहले चीनबाट १८ प्रकारका स्वास्थ्य सामग्री ल्याउने कबुल गरेको थियो। नेपाल वायु सेवा निगमको चार्डड वाइडबडीले गत आइतबार ओम्नी समूहका १० टन सामग्री ल्याइदिएको थियो। ओम्नीले अझै ३२ हजार टन सामग्री ल्याउन बाँकी थियो।  ओम्नी समूहले १० हजार थान मात्रै गाउन सरकारलाई उपलब्ध गराएको छ। सरकारले १ लाख चस्मा मगाएको थियो। तर ओम्नी समूहले १० हजार वटा  दिएको छ। 

‘एन ९५ मास्क’ एक लाख मगाइएकोमा ५ हजार मात्रै दिएको छ। समग्रमा १० प्रतिशत मात्रै सामान यो समूहले दिएको थियो।  सरकार आफैँले भने चीनबाट ४६२ रुपैयाँमा एन ९५ मास्कका ल्याएको थियो तर ओम्नी समूहलाई भने त्यही मास्क ८३९ रुपैयाँमा किन्‍न ठेक्का दिइएको थियो।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...