नेपाल सरकारले खडा गरेको आपतकालिन कोषमा हिमानी शाह कोषद्वारा २ करोड सहयोग गर्ने घोषण

wwwjerungfilmswwwjerungfilms 1 Apr 2020

राजकुमार राई १९, चैत्र–२०७६,   काठमाण्डौं । कोरोनाभाइरस (कोभिड १९) को रोकथामका लागि नेपाल सरकारले खडा गरेको आपतकालिन कोषमा हिमानी शाह कोषले २ करोड सहयोग गर्ने भएको छ ।

कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार लागि सो कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको पूर्व राजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै बताएका हुन् ।

दुःख कष्ट र आपत विपदको घडीमा सबैका साथमा साथ दिँदै आफ्नो तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । पूर्व राजा शाहले मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहल प्रति संवदेनशील हुँदै सबैले आ–आफ्ना ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्याउन अनिवार्य भइरहेको बताएका छन् ।

उनले लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको बताउँदै यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि स्पष्ट पारेका छन् । विज्ञप्तिमा शाहले संकटमा आफा्नो ज्यानको प्रवाह नगरी अहोरोत्र सेवामा खटिने सबैप्रति आभार पनि प्रकट गरेका छन् ।

पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...