कोभिड–१९ को उपचार सामाग्री खरिदमा डुबायो देशलाई, एउटै मास्कमा ५ सय फरक, पिसिआर मेसिनमा १० हजार डलरको फरक

काठमाडौं । कोभिड–१९ को उपचारका लागि आवश्यक पर्ने औषधि,पिपिई, परीक्षण आदिका लागि
चाहिने सामाग्री गरिदमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल नेतृत्वको स्वास्थ्य तथा
जनसंख्या मन्त्रालयले सरकारलाई ठूलो आर्थिक नोक्सानी हुने गरी सामाग्रीहरु खरिद
गरेको पाइएको छ ।
हालै सार्वजनिक भएको
१९ प्रकारका सामाग्रीहरुको मूल्य सूची सार्वजनिक भएपछि भन्त्री ढकाल नेतृत्वको
टोलीले कसरी देशलाई हानी पुर्यायो भन्ने खुल्दै गएको हो ।
आवश्यक उपकरण,
कोरोना पत्ता लगाउने
किट आदिको खरिदमा जुन मूल्य मन्त्रालयले सार्वजनिक गरेको छ, ती सामाग्रीको अन्तर्राष्टिय मूल्य
सरकारले खरिद गरेको भन्दा धेरै सस्तो पाइएको छ ।
हालको मूल्य सूची सार्वजनिक भएपछि विकास टाइम्सले नेपालमा सर्जिकल उपकरण खरिद बिक्री गरिरहेका मुख्य व्यापारीहरुसँग सोधपुछ गरेको थियो । जसमा उनीहरुले सरकारले खरिद गरेको मूल्य अचाक्ली भएको जानकारी दिएका छन् ।

सरकारले मूल्य सूचीसहित सार्वजनिक गरेको आवश्यक सामाग्री तथा उपकरणहरुको मूल्य सूची तल दिइएको फोटोमा हेर्न सकिन्छ । जसमा क्रम संख्या १ देखि १९ सम्म छ । यो तालिकामा प्रति इकाईको मूल्यदेखि आवश्यक परिमाणमको कूल परिमाण पनि अमेरिकी डलरमा उल्लेख भएको छ ।
आदरणीय पाठकहरु यो तालिकामा भएको मूल्य हेर्नुहोला । यसदेखि तलको अर्को तालिका हामीले ती सामाग्रीको हालको अन्तर्राष्टिय मूल्यका आधारमा तयार पारेका छौं । हामीले तयार पारेको तालिकामा पनि १ देखि १९ सम्म छ । जसमा सरकारले खरिद गरेको मूल्य र वास्तविक मूल्यको अन्तर देखाइएको छ ।

कोरोनाको विपत्तिको बेला पनि खरिदमा संलग्नहरुले कसरी देश डुबाएर आफ्नो दुनो सोझयाएका छन् भन्ने बुझन एउटा उदाहरण हेरौं । एन ९५ मास्कलाई नेपाली बजाररमा, त्यो पनि खुद्रामा ३५० रुपैयाँमा पाइन्थ्यो । तर यहि एन ९५ मास्क एउटैलाई सरकारले अमेरिकी डलर ७ खर्चिएको छ । यो भनेको एउटै एन ९५ मास्कलाई सरकारले ८ सय रुपैयाँ भन्दा बढी खर्चेको छ । खासमा यो मास्कको अन्तर्राष्टिय मूल्य १ डलर ३० सेन्ट हो ।
एकै मास्कमा ५ सय भन्दा बढी कमिसनमा गएको छ । अब ८० हजार वटा मास्कमा कति कमिसन भयो होला ? आफैं हिसाब गर्नुहोला ।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...