भुकम्पको समयमा चीनले निशुल्क दिएको इन्डक्सन चुल्हो बिक्री गदै नेपाल सरकार

wwwjerungfilmswwwjerungfilms 28 Mar 2020

काठमाण्डौं । चैत्र १५  । २०७२ सालमा नेपालमा आएको भुकम्पमा जनतालाई निशुल्क बितरण गर्नका लागि चीनले दिएको इन्डक्स चुल्हो कोरोनाको महामारीमा नेपाल सरकारले जनतालाई बिक्री गर्न थालेको छ । 

कोरोनाको त्रासको समयमा ग्यासको अभाब देखाँउदै सरकारले इन्डक्सन चुल्हो बिक्री गर्न लागेको हो । यस अघि नेपाल सरकारले नेपालमा ग्यास पर्याप्त रहेको बताँउदै महिनामा एक परिवारलाई एक सिलीण्डर दिने भन्दै घोषणा समेत गरेको थियो ।

त्यसको भोलीपल्टै सरकारले ग्यासको अभाव देखाँउदै एक परिवारलाई आधा सिलीण्डर मात्र दिने बताएको थियो । बजारमा ग्याँसको अभाव भइरहेको अवस्थामा जनतालाई राहात दिने नाममा चीन सरकारले निशुल्क दिएको चुल्हो सरकारले बेच्न थालेको हो । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान र नेशनल ट्रेडिङ गाभिएर बनेको कम्पनी)ले पछिल्लो दिनमा मात्रै ३ हजार बढी विद्युतीय चुल्हो बिक्री गरेको छ ।

कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालका अनुसार कम्पनीलाई सरकारले कूल सात हजार ३४० थान विद्युतीय चुल्हो उपलब्ध गराएको थियो। त्यसमध्ये झण्डै ५० प्रतिशत चुल्हो बिक्री भएको खनालको भनाइ छ । 

चुल्हो बिक्री गर्ने क्रममा सरकारले १५० युनिट सम्मको बिजुली खपतमा २० प्रतिशत छुट दिने बताएको छ । 

चीनले भुकम्पको समयमा दिएको ८ हजार बढी थान चुल्हो सरकारले बितरण नगरी स्टक राखेको थियो । 

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...