गोकर्णेश्वर नगरपालीकाले नगरवासीका घर घरमा ग्यास र खाद्य सामग्री पु-याउने

wwwjerungfilmswwwjerungfilms 27 Mar 2020

चैत्र १४, २०७६ | गोकर्णेश्वर नगरपालिकाले अत्यावश्यक सेवाका खाद्य सामग्री र ग्यास अभाव हुने नगरवासीका घरघरमा सवारीमार्फत सेवा पु-याउने भएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले लक डाउन गरेको चौथो दिनसम्म नगरवासीले खाद्य सामग्री, ग्यासलगायत अत्यावश्यक चीजबीज नपाउँदा भान्सा नै बन्द गर्नुपर्ने भयो भन्दै फोनबाट गुनासो गरेपछि शनिबारदेखि नै नगरपालिकाले यो सेवा दिन लागेको नगरप्रमुख सन्तोष चालिसेले राससलाई जानकारी दिनुभयो ।

“पाँच सातजनाको समूह बनाएर अभाव हुनेका घरमा आवश्यक सामान ढुवानीको व्यवस्था मिलाउन लागेका छौँ, उपभोक्ताले बजारकै भाउमा घरमै सामान पाउँछन्, ढुवानी खर्च नगरपालिकाले व्यहोर्छ, यसरी सामान ढुवानी गर्नेको फोन नं समेत सार्वजनिक गछौँ”, उहाँले भन्नुभयो ।

 यसरी आउने सामानमा उपभोक्ताले अधिकतम् मूल्यभन्दा बढी तिर्नुनपर्ने जानकारी पनि नगरप्रमुख चालिसेले दिनुभयो । साता दिनका लागि घोषणा गरिएको लक डाउनको चौथो दिनसम्म राजधानीकै काठ क्षेत्रका अधिकांश पसल खुलेका छैनन् ।

लक डाउनको पहिलो दिन मङ्गलबार केही पसल खुले पनि प्रहरीले नै बन्द गर्न लगाएको कागेश्वरी मनोहरा नगरपालिकाका ज्ञानप्रसाद सिम्खडाले बताउनुभयो । सरकारले अत्यावश्यक सेवाका खाद्य सामग्रीका पसलमा भीडभाड नगरी सेवा दिने भनी सूचना जारी गरे पनि प्रहरीले सही रुपमा नबुझेजस्तो देखिएको उहाँको दुःखेसो छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले ग्यास, पानीलगायत सामग्री राखिएका पसल बन्द गराउने नीति सरकारको नरहेकाले कतै त्यस्तो भएको भए खुलाउन लगाउने बताउनुभयो । कोरोनाको सङ्क्रमणबाट बच्न शुरु गरिएको लक डाउनको मौका छोपी रु २० पर्ने नुनको प्याकेटको रु २५ लिएको, ग्यासको कालोबजारी भएको, अत्यावश्यक चिनी, तेल, जारको पानी जस्ता सामग्रीको भाउ बढाइएको, ग्यास राखेर नदिने गरिएको उपभोक्ता रजनी पुडासैनीको गुनासो छ ।

 कृत्रिम अभाव, कालोबजारी र दोब्बरसम्म मूल्यवृद्धि हुँदा स्थानीय तहका अनुगमन समिति मुकदर्शकमात्र बनेको आम उपभोक्ताको भनाइ छ ।

स्थानीय तह सञ्चालन ऐनअनुसार नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन हुने व्यवस्था छ । सङ्कटका बेला पनि यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्खरापुरलगायत नगरपालिकाका अनुगमन समिति निष्क्रिय रहेको स्थानीयवासीको गुनासो छ ।

 गोकर्णेश्वर अनलाइन

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...