एक हप्ता फेरि लगडाउन थप्ने सरकारको तयारी

wwwjerungfilmswwwjerungfilms 24 Mar 2020

 ११, चैत्र–काठमाण्डौं । सरकारले फेरि एक हप्ता लगडाउन थप्ने तयारी गरेको छ । नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ ।

 बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्ण समर्थन देखिएको छ । सडकमा सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन भएको छ । फाट्टफुट्ट सडकमा हिडनेलाई कडा रुपमा प्रहरीले जाँच गरेको छ । स्वास्थ्य विभागका महानिर्देशक डा। महेन्द्र श्रेष्ठले आवश्यक परे सरकारले लकडाउन ७ दिनबाट बढाएर १४ दिनसम्म पुर्याउन सक्नेपनि सुनाए ।

आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले आजबाट लागु गरेको लकडाउन सफल भएको प्रतिक्रिया दिए ।

त्यस्तै, नेपालमा कोरोना भाइरस ९कोभिड (१९० का संक्रमित एकजना विरामीको सम्पर्कमा रहेका २५ जनालाई सरकारले अनिवार्य क्वारेन्टाईनमा राखेको छ । ती युवतीको भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आईसोेशनमा राखेर उपचार भैरहेको छ ।

उनी आएका विमान र विमानस्थलदेखि घरसम्म उनको सम्पर्कमा रहेकाको खोजी गर्दा २५ जना व्यक्ति उनको सम्पर्कमा रहेको पाईएकोले उनीहरुलाई क्वारेन्टाईनमा राखिएको महानिर्देशक डा. श्रेष्ठले जानकारी दिए ।

उनले भने,”अहिले कोरोना संक्रमित भएर उपचार गराईरहनुभएको एक जना युवतीले, उहाँले भेटेको र कुरा गरेको र जहाजबाट घर पुग्दासम्मको अवस्था हेरेर हामीले खोजी गरेका थियौं, २५ जनासँग उहाँको प्रत्यक्ष भेटवार्ता तथा कुरा भएको पाईयो । अहिले सबैलाई सरकारले क्वारेन्टाईनमा राखेको छ ।

नेपालमा कोरोना संक्रमित एक जना व्यक्ति भएको र त्यो पनि आयतित भएको उनको भनाई छ । उनले चितवनमा आईलोसेनमा उपचार गराईरहेका एक जना विरामीको निधनको बारेमा अहिले नै कोरोनाको रिपोर्ट नआएको स्पष्ट पारे । उनकाअनुसार ती निधन भएका व्यक्ति मिर्गौला फेल भएका विरामी थिए ।

उनको कोरोनाको रिपोर्ट भने भोलि मात्रै आउनेपनि उनले जनाए । उनले भने,”शब काठमाडौं ल्याएर पोष्टमार्टम हुँदैछ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...