रक्सीविना हाम्राे कुनै कार्जे टर्दैन, यसलाई कानुनी मान्यता दिनुपर्छ

wwwjerungfilmswwwjerungfilms 23 Mar 2020

रविन खम्बु ,  दिक्तेल बजारमा घरेलु मदिरा नष्ट गरिएको विषयमा नगर प्रमुख (दीपनारायण रिजाल)ले गैरजिम्मेवारी अभिव्यक्ति दिएका छन् । नगरपालिका, जिल्ला प्रशासन, घरेलु र कर कार्यालयले संयुक्त रूपमा बजार अनुगमन गर्ने नाममा लोकल रक्सी जफत गर्छ । तर, नगर प्रमुखले भोलिपल्ट यस विषयमा नगरपालिकाको संलग्नता नरहेको कुरा बताउँछन् ।

यस विषयमा मेरा केही प्रश्नः
१) मेयर साप स्थानीय सरकारलाई कुनै कुरा नसोधी यो कार्य अन्य कार्यालयले मात्रै गर्‍यो होला त ?
२) नगरपालिकाको संलग्नता छैन भने नगरपालिकाले प्रतिनिधि र जफत गरेको रक्सी बोक्ने गाडी किन पठाउनु भएको ?
३) नगरपालिकाकै कार्यालय पछाडिको ठाउँमा जफत गरेको रक्सी तपाईंको प्रतिनिधिसहितको टोलीले नष्ट गरेको छ र पनि मलाई थाहा छैन भन्न मिल्छ ?
४) यदि नगरपालिकाको संलग्नता छैन र यो कार्य तपाईंलाई नसोधी गरिएको हो भने नगरपालिकाबाट अनुगमनमा खटिएको प्रतिनिधि कर्मचारीलाई कार्वाही गर्ने हिमत छ तपाईंसँग ?
५) यस्ताखाले गैरजिम्मेवारी अभिव्यक्ति दिएर तपाईं भाग्न मिल्छ ? यस घटनाको सम्पूर्ण जिम्मेवारी तपाईंले लिनुपर्छ ।

स्मरण रहोस् मेयर साप नेपालको ऐन, कानुन बन्नुभन्दा हजारौं वर्ष पहिलेदेखि यहाँको आदिवासी जनजाति समुदायले घरेलुु रक्सी उत्पादन गरेर आफ्नो संस्कार, संस्कृति मान्दै आएका छन् । रक्सी बिना हाम्रो कुनै पनि कार्जे गर्न सकिदैन ।यो घटनाले सिंगो आदिवासी जनजाति समुदायमा गहिरो चोट पुगेको छ । त्यसकारण तपाईंले आदिवासी जनजाति समुदायसँग माफी माग्नैपर्छ ।

अन्त्यमा, घरेलु मदिरालाई कानुनको दायरामा लिएर कानुनी रूपमै उत्पादन र खरिद बिक्री गर्न पाउने वातावरण बनाउन भूमिका खेल्न सम्पूर्ण सरोकारवालाहरुमा अनुरोध गर्दछु ।

(खम्बुकाे फेसबुकबाट साभार । उनी समाजवादी पार्टीका विद्यार्थी नेता हुन् ।)

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...