लुक्लाका लागि उडेको समिट एयर दुवै इन्जिन फेल भएपछि आकस्मिक अवतरण,चालक तथा यात्रु सकुशल

wwwjerungfilmswwwjerungfilms 22 Mar 2020

जेरुङ फिल्मस् सम्बाददाता ९, चैत्र–काठमाण्डौं । काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयर नाईन एन एएमजी कल साईनको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्काका लागि उडेको समिट एयर नाईन एन एएमजी कल साईनको विमानको इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

आइतबार बिहान ९ बजेतिर जहाजका दुवै इन्जिन फेल भएपछि रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरिएको नागरिक उडड्यन कार्यालय रामेछापका एटिसी विवश दाहालले जानकारी दिएका छन् ।

विमानमा रहेका १८ यात्रु र चालक दलका ३ सदस्य सबै सकुशल रहेका छन् । जहाजका दुवै इन्जिन फेल भएपछि समिट एयरले काठमाडौं जाँदै गरेको तारा एयरको विमानका चालकलाई सन्देश पठाएको थियो ।

तारा यएरको नाईन एन एईटी नम्बरको जहाजले रामेछाप टर्मिनलमा रहेका एटिसी समिट एयरको जहाजको इन्जिन फेल भएको जानकारी गराएको थियो । समस्यामा परेको जहाजले हामीलाई खवर गरेको थिएन, आकाशमै तारा यएरको जहाजसँग कुरा भएछ’ दाहालले भने ‘त्यसपछि मैले उसलाई सम्पर्क गरे ।

तत्काल २ मिनेट भित्र अग्नि नियन्त्रण र सुरक्षाको प्रवन्ध मिलाउँदै विमानस्थल खाली गराएँ । एटिसी संग सम्पर्क भएको करिव ६ मिनेटमा समिट एयरको जहाज रामेछाप विमानस्थलमा आकस्मिक अवतरण गरेको जनाइएको छ । अवतरणको क्रममा जहाजमा असाधारण आवाज आएपछि पाइलटले आकस्मिक सबै वत्ति बालेका थिए । तर जहाज सामान्य रुपमै अवतरण भएको छ ।

विमानमा रहेका एक बच्चा र १७ अन्य यात्रु सकुशल छन् । विमानका क्याप्टेन तेन्जीङ लामा र सह क्याप्टेनमा पिडी शेर्पा थिए । दाहालले इन्जिन फेल भएको उक्त विमानको प्राविधिक परिक्षणका लागि समिट एयर र नेपाल नागरिक उडड्यन प्राधिकरणको टोलीले छानविन थालेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...