आदिबासी किरात समाज गोकर्णेश्वरका सस्थाले किरात अनुष्ठान भुमेथान र ट्रस निर्माण गर्दै .

wwwjerungfilmswwwjerungfilms 18 Mar 2020

अनुगमन

जेरुङ फिल्मस सम्बाददाता, बुधबार ५ चैत्र, काडमाण्डौ । आदिबासी किरात समाज गोकर्णेश्वर वडा ९ आरुबारीको अगुवाईमा र गोकर्णेश्वर नगरपालिकाको बिषेश अनुदान सहयोग र किरात समुदायहरुको दान उपहारबाट यस राष्ट्रीय शहिद तथा शान्ति पार्क तथा यज्ञडोल, जगडोल सामुदायीक बन क्षेत्रभित्र सम्बन्धित निकायबाट कानुनी प्रकृयागत अनुमति लिएर यस क्षेत्रका सास्कृतिक, धार्मिक, आन्तरीक पर्यटन विकास लगायतका गुरुयोजना अनुसार बहुभाषिक किरात समुदायहरुको प्रकृतिक पुजाका लागि किरात अनुस्थान भुमेथान, श्यादरथान र ट्रस निर्माणमा भईरहेकोछ । बिगतको केहि बर्ष देखी किरात समुदायहरुले धर्तीआमा, भुमीपुजा गर्दै प्रकृर्तिक नाच गर्दै वार्षिक रुपमा दुईपटक उधौली र उभौली  किरात महान चाड मनाउदै आइरहेको छ ।

भुमेथान र श्यादरथान

यस क्षेत्रमा किरात अनुष्ठान निर्माणका लागि संस्थाका सल्लाहकार तथा संघिय संसद मा. कृष्ण यक्खा राईको अतुलनीय साथ सहयोग रहनुका साथै गो.न.पा. प्रमुख श्री सन्तोष चालिसे, समुदायक वनका अध्यक्ष श्री सुदर्शन सिग्देलको निरन्तररुपले सकारात्मक सहयोग समर्थन रहेनुका साथै यस क्षेत्रका वडाका जनप्रतिनीधिहरु, समाजसेवी लगायत सम्पूर्णको सहयोगले निर्माण कार्य अगाडी बढेको  जानकारी पाइएको छ ।

किरात ट्रस

यस क्षेत्रमा अनुष्ठान निर्माणका लागि अहम भूमिका रहेको सुनुवार सेवा समाज गोकर्णेश्वर नगरपालिका नगर समिति र किरात दुमी राई फन्सिक्किम, किरात रदु नाछिरिङ साखाम, कुलुगुस्खाम, बाहिङ मुलुखिम, जेरुङ ठुम, बतासे चाम्लिङ समाज , बान्तवा समाज, याम्फु, मेवाहाङ, याक्खा, साङपाङ समाज लगायत अन्य किरात समुदायहरु रहेका छन ।

भुमेथान र श्यादरथान

किरात समुदायको संयुक्त अनुष्ठान भूमेथान, श्यादरथान र किरात ट्रस निर्माणको अन्तिम चरणमा भैरहेको छ। निर्माण स्थलको अबलोकनमा यस सामुदायिक बनको अध्यक्ष सुदर्शन सिग्देल, गो.न.पा. उपमेयर शान्ति नेपाल, वडा नं. ४ सदस्य जयराम महत लगायत सामाजिक अभियान्ता र जनप्रतिनिधिहरुले अनुगमन गरेकाछन ।

श्यादर नाचथान

यस पबित्र स्थानमा किरात एक ट्रस निर्माण हुदै,  दुईवटा  भुमेथानको निर्माण सकिएको छ भने एक सुनुवार श्यादर नाचथान प िन बनेको छ | भावि  योजना सार्बजनिक रुपमा महिला र पुरुषको शौचलय बाटो, तारबार, गार्डेनिङ,वाल वृक्ष रोपन, रंग रोकन, पानी टंकी लगायत विविध कामका आयोजना रहेको जानकारी प्राप्त भएको छ । सो कार्यको लागि आदिबासी किरात समाज सस्थालाई आर्थिक बजेटको समस्य परेकोले निर्माण कार्य ढिलाई भईरहेको छ ।

अनुगमन तथा निर्माणकार्य

आ.कि.स.का कार्य समिति, सल्लाहाकार समिति, उप समितिमा, निर्माण समिति, प्रशासनिक तथा प्रचार प्रसार समिति, आर्थिक समितिहरुले आर्थिक व्यावस्थापनका लागि इच्छुक, व्यक्ति, संघ संस्थाहरुले आर्थिक सहयोग गरिदिनुहुन अपिल समेत गरेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...