बाहिङ संस्थाको सामुहिक सारिखिम माहाअभियान र मातृभाषी पुस्ताकको बिमोचन एकै साथ प्रमुख अतिथि मा.यज्ञ राज सुनुवारले गर्यो |

wwwjerungfilmswwwjerungfilms 16 Feb 2020

जेरुङ फिल्मस सम्बाददाता ३ फाल्गुन,  काठमाण्डौमा | बाहिङ किरात मुलुखिम सामुहिक सारिखिम निर्माण कार्यपत्र प्रस्तुत तथा बाहिङ भाषा कक्षा १ पाठ्यपुस्तक विमोचन २०७६” कार्यक्रम  नवदुर्गा पार्टी प्यालेस धुम्बारहिमा आयोजना गरेको  थियो  भने सो कार्यक्रमलाई प्रमुख अतिथि संघिय संसद मा. यज्ञराज सुनुवारले पानसमा दियो प्रज्जलन गरी औपचारिक उद्घाटन गर्नु भैको थियो  |  

मुलुखिमको केन्द्रिय उपाध्यक्ष इमानसिह बाहिङले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिगण लयायत मानुभावहरुलाई  स्वागत मन्तव्य सहित संस्थाको उदेश्य, लक्ष्य प्रति प्रकास पार्नु भएको थियो  भने प्राध्यापक तथा बाहिङ भाषा विभाग संयोजक, मुलुखिम केन्द्र उपध्याक्ष मुगामाया बाहिङले पाठ्याक्रम निमार्ण सम्बन्धि विश्लेषण गर्दै उत्कृष्ट काम भएको जनाउनु भयो ।

सस्थाले सामुहिक सारिखिम निर्माणको कार्यपत्र मुलुखिमका महासचिव धिरेन सुस्तोचा बाहिङले उक्त कार्यपत्र प्रस्तुत गरेका थिए।  देशका विभिन्न भुभागबाट काठमाण्डौ आएर बसोबास गर्ने बाहिङ समुदायलाई लक्षित गरि सामुहिक सारिखिमको अवधारणा ल्याईएको उनले बताए। राजधानी लगायत बाहिङ समुदाय रहेका ओखलढुंगा, सोलुखुम्बु ,सुनसरी लगायत विभिन्न जिल्लाहरुमा सामुहिक सारीखिम निर्माण अभियान चलिरहेको बताए ।

उतm कार्य पत्रमा भाषा, संस्कृति, मुन्दुम, शिक्षा, ब्यावसाय,  जिवन पद्धति, योजना, बैदेशिक, बसाइसराई र किरात जाति, भाषिक संस्थाहरुको सारंस प्रगति प्रतिबेदन समेत समावेस गरी निकै प्रभावकारी प्रस्तुति गरेको थियो |

सामुहिक सारिखिम निर्माण बाहिङ किरात मुलुखिमको नेतृत्वमा निर्माण हुने भए पनी यसमा सम्पुर्ण बाहिङ किरात समुदायको योगदान र साथसहयोग आवश्यक भएको र यसको अपनत्व पनि सबैले लिने गरि काम गर्नुपर्ने मुलुखिमका अध्यक्ष भुपराज तोलचाले बताए।

उक्त कार्यक्रममा अध्यक्षले सारिखिम निर्माण गर्नको निम्ती देशविदेशबाट आर्थिक सहयोग गर्ने तथा सहयोगको प्रतिबद्धता जनाउने सबैलाई धन्यवाद दिदै सबैमा साथ सहयोगको लागी आव्हान समेत गरेका छन।

प्रमुख अतिथिको रुपमा रहेका ओखलढुंगा जिल्लाबाट सङ्घिय प्रतिनिधि साम्सद यज्ञराज सुनुवार ओखलढुंगामा बन्न लागेको सारीखिमको डिपिआर अनुसार आवश्यक आर्थिक सहयोग गर्ने र अन्य सम्बन्धित निकायमा हदै सम्मको पहल कदमी चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन।

काठमाण्डौमा निर्माण हुने सारीखिमको सन्दर्भमा र बाहिङ समुदायको लागी जुनसुकै क्षेत्रमा साम्सद यज्ञराज सुनुवार साथ सहयोग गर्न प्रतिबद्ध जनाउदै जोड दिदै भने।

त्यस्तै ओखलढुंगा ,मोलुङ गाउपालिका अध्यक्ष मणिराज बाहिङले सामुहिक सारीखिम सामुहिकताको मौलिक रुप भएकाले मुलुखिमको यस अभियानमा सबैजुट्नु पर्ने बताउदै मोलुङ गाउपालिकाबाट आफ्नो क्षेत्र अधिकार अन्तर्गत एक लाख आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

आदिबासी किरात महासंघका उपाध्याक्ष के.वि. वान्तवाले भने किरात भित्रका बहुभाषिक जाति मध्यको एक जाति बाहिङ जातिको प्रतिनिधि मुलक संस्था मुलुखिमको यो ऐतिहासिक काम प्रति प्रसंसा गर्दै महासंघलाई थप बल पुगेको समेत बतानुका साथै कुलुङले भवन निमार्ण गरेको उदाहरण दिनुहुदै महासंघले गर्नु पर्ने भुमिका र ब्यातिmगतरुपमा विभिन्न निकायहरुसंग खेल्नुपर्ने भसमिका र सहयोग गर्ने बाचा जनाउनु भयो |

ओखलढुंगामा निर्माण हुने सारीखिमको लागी भने आफुले व्यक्तिगत रुपमा पचास हजार रुपैया सहयोग गर्ने बाचा गरिसकेको उल्लेख गरे। विविध मनमुटावको कारण बाहिङहरुको दाजुभाइ (दोचा) र एक नक्सो प्रणाली समेत छुट्दै गएको प्रती अधक्ष्यले असन्तोष व्यक्त गरे।

अब नक्सो (बाहिङ समुदायको सम्पुर्ण सास्कृतिक,सस्कारिक कार्य गर्ने पुरोहित ) लाई पनि पेशागत तथा व्यवसायिक रुपमा विकास गर्नु पर्ने र नियमसङ्गत ढङ्गले बाध्नुपर्नेमा उनको जोड थियो। जसले गर्दा नक्सो सबैको सास्कृतिक तथा सास्कारिक कार्यमा सरिक हुन बाध्य बनोस।

 बाहिङ किरात समुदायको हकहितको लागी आफु सधै लागिपर्ने चिसङ्खु गाउपालिका उपाध्यक्ष सुश्मा बाहिङ राईले बताएका छन। उनले भने बाहिङ समुदायको हकहितको लागी आफ्नो अंसमा जति जिम्मेवारी आउछ म पुरा गर्नेछु। भनि प्रतिबद्धता जनाएका  छन |

मुलुखिमका केन्द्रिय सदस्य बल राज बाहिङले बाहिङ समुदाय भुपरिवेष्टित देशको पनि भुपरिवेष्ठित समुदाय विश्वमा पछाडी परेको देशको पनि पछाडी परेको समुदाय जस्तो महसुस भएको बताए। अहिले प्रविधिले विश्वनै एक गाउको रुपमा रहेको त्यस्तै काठमाण्डौमा पनि देशका विभिन्न क्षेत्रबाट आएर धेरै बाहिङ समुदाय बसोबास गर्दै आएकोले यहा सामुहिक सारीखिमको आवश्यकता छ ,  यसको लागी सबै जुट्नै पर्छ उनले जोड दिदै भने।

मुलुखिमका अध्याक्ष लगायत अतिथिगणहरु र उपस्थित मानुभावहरुले बाहिङ मातृभाषि कक्षा १ कोे पुस्तकलाई प्रमुख अतिथि सं.स. मा. यज्ञराज सुनुवारले विमोचन गर्नु भएको थियो । पहिलो पटक विमोचन भएकोले ऐतिहासिक काम गर्न सफल भएकोमा खुसि ब्यतm गर्दै आउदो शैक्षिक सत्रमा बाहिङ बस्तिहरुको विद्यालयहरुमा पठनपाठनको काम शुरु गर्ने र प्रत्यक वर्ष कक्षगत पाठ्याक्रम निमाण गर्दै जाने जनाए ।  

मातृभाषा (बाहिङ )भाषाबाट पठनपाठनको सन्दर्भमा सङ्घिय र प्रादेशिक निति भन्दा भन्दा स्थानीय निति महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ओखलढुंगा र सोलुखुम्बुको केहि स्थानिय तहमा सघन रुपमा बोलिने बाहिङ भाषाबाट पठनपाठनको सवालमा सम्वन्धित स्थानीय सरकार सङ्ग नितिगत समन्वय र सहकार्य गर्नु पर्ने उनले बताएका थिए।

मुलुखिमका अध्याक्ष भुपराज बाहिङले सम्पूर्ण अतिथिहरु लगायत उपस्थित मानुभाहरुलाई धन्यावाद दिदै औपचरिक कार्यक्रम समापन गनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...