स्वभीमानी नेपालीको शान र मान सहित राष्ट्रिय झण्डा दिवस यसरी मनाइयो |

wwwjerungfilmswwwjerungfilms 17 Dec 2019

राज कुमार राई, १ पौष,काठमाण्डौं । आज राजधानी काठमाण्डौंको माईतीघर मण्डलामा नेपालको शान हाम्रो अभियान, राष्ट्रिय झण्डा हाम्रो पहिचान भन्ने मुल नाराका साथ झण्डा दिवस मनाइएको छ ।

बानेश्वरबाट झाँकी र ¥याली सहितको टोली नेपाली पोषाकमा ठाँटीएर राष्ट्रिय भावनाले ओतप्रोत राष्ट्रिय गीत गाउदै माईतीघर मण्डलामा जम्मा भएर सो दिवस मनाइएको हो । कार्यक्रममा नेपाली झण्डाका डिजाइनर तथा ईन्जिनियर शंकर नाथ रिमाल र पूर्व प्रधान सेनापति रुक्मांगत कटवाल उपस्थित भएका थिए ।

उपस्थित जनमानस र सञ्चारकर्मी माझ कार्यक्रमलाई सम्वोधन गर्दै शंकर नाथ रिमालले झण्डाको विशेषता र इतिहासको बारेमा जानकारी गराएका थिए । साथै ईन्जिनियर समेत रहेका रिमालले झण्डाको अकार प्रकार, डिजाइन र झण्डामा अंकित चन्द्र सूर्यको बारेमा पनि प्रकाश पारेका थिए ।

कार्यक्रम निकै रौनक बन्यो । राष्ट्रको शान र मान बोकेको झण्डा र सिमानाको बिषयमा रचिएको नयाँ गीत पनि सामुहिक रुपमा प्रस्तुत गरिएका थिए । पूर्व प्रधान सेनापति रुक्मांगत कटवालले नेपाली झण्डाले नेपालीको शिरलाई उच्च पार्दै हाम्रो पुरानो ईतिहास बोकेको बताउनु भएको छ । निकै भावुक बन्दै कटवालले रातो र चन्द्र सूर्य गीत समेत गाउन व्याए ।

साथै उहाँले आयोजक टिमलाई धन्यबाद दिदै यो कार्यक्रममा अब हरेक स्वभीमानी नेपाली लाग्नु पर्ने पनि बताउनु भयो । विगत बर्षदेखि सुरु गरिएको झण्डा दिवस यो दोस्रो बर्ष पनि सफल भएको बताउदै अर्को बर्ष अझै धेरै जनमानस उतार्ने आयोजक टिमले जनाएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...