नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराई र दीपक क्षेत्रीको आर्यघाटमा अन्तिम संस्कार गरियो ।

wwwjerungfilmswwwjerungfilms 16 Dec 2019

राज कुमार राई, ३०,मंसिर– काठमाण्डौं । चलचित्र जगतका दुई हस्तीको निधनले कलाकारहरु तथा सारा नेपाली नै मर्माहित भएका छन् । शनिबार कलाकार दीपक क्षेत्री र आइतबार राती कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको थियो ।

दीपक क्षेत्रीको घाटीको क्यानसरको कारणले निधन भएको थियो भने केशव भट्टराईको ह्रदय घाटको कारण निधन भएको थियो । कलाकारिता जगतमा केशव भट्टराई र दीपक क्षेत्रले पु¥याएको योगदानले सारा कलाकारिता क्षेत्रसँगै आम नेपाली दुःखी भएका छन् ।

चलचित् विकास बोर्डको कार्यालयमा दुवै कलाकारको पार्थिव शरीरलाई राखेर अन्तिम श्र्रद्धान्जली गरिएका थिए । श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेल र नेपाली काँग्रेसका नेता शेखर कोइराला पनि पुगेका छन् ।

पोखरेल कोईराला दुवैले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली व्यक्त गर्न कलाकारहरुको ठूलो उपस्थिति रहेको थियो । दुवै जनाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

९ महिना अघि मात्र नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति भएका भट्टराईको ५२ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको ओम अस्पतालले जनाएको छ । टेलिचलचित्र तथा चलचित्रहरुमा अभिनय गरेका भट्टराईले आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्धा, सो सिम्पल, ब्रासलेट, यात्रा सहितका चलचित्रको निर्माण समेत गरेका छन् ।

मृतकको दाह संस्कार गर्न आएका सबै क्षेत्रका कलारहरु निकै भावुक बनेका थिए । कसैको पनि आँखामा आँशु थामिएन ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...