आदिवासी किरात महासंघले ११औ ‘राष्ट्रीय जनगणना २०७८ सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ गर्यो |

wwwjerungfilmswwwjerungfilms 2 Dec 2019

जेरुङ फिल्म्स संम्बाददाता – मंसिर १४ गते शनिबार- काठमाण्डौ | आदिबासी किरात महासंघले काठमाण्डौमा एक कार्यक्रम गर्दै किरात भित्र रहेको जातिहरुको सहि तथ्याङ्क हुनु पर्ने माग सहित एक बृहत् कार्यक्रम गर्यो  ।

आउदो ११औ जनगणनामा २०७८ मा हुन्दै गरेको  ‘राष्ट्रीय जनगणना २०७८ सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ मा प्रमुख अथिती आदिबासी किरात महासंघको निबर्तमान अध्यक्ष पृथ्बिराज मुकारुङको प्रमुख अथिती र विशेष अथितीमा केन्द्रिय तथ्याङ्क बिभागका निर्देशक ढुण्डिराज लामिछाने र ईन्द्र बहादुर कार्की,  सल्लाहकार अथिती र अथिती बुदिजिवी, जनप्रतिनिधि  सहितको १४ जातीय संस्थाका अक्ष्याक्ष तथा प्रतिनिधिशरुको  अतिथि सहित  १०० को उपस्थितिमा  ‘राष्ट्रीय जणगना २०७८ सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ गरेको थियो ।

 उक्त जनगणनामा किरात महासंघ अन्तर्गत रहेको विभिन्न जातीको छुट्टै गणना हुन्दै आए पनि प्रभावकारीता हुन सकि रहेको छैन ।

राष्ट्रीय जनगणना २०७८ ‘मेरो गणना – मेरो सहभागिता’ सम्बन्धी जनगणना २०७८ को तयारी र आगामी योजना स्वरुप किरात समुदायमा प्रभाबकारिता होस भन्ने उद्देश्यले कार्यक्रम गरिएको कुरा किरात महासंघको अध्यक्ष चन्द्रसिंह कुलुङले बताए । यस कार्यक्रममा जनगणना गर्दाको मुख्य समस्या र समाधान रहेको कुरा बताउदै अब आउदो दिनमा यसलाई सही तरिकाबाट गणना गर्नुपर्ने कुरा केन्द्रिय तथाङ्क बिभागका निर्देशक ढुण्डिराज लामिछानेले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो भने   इन्द्र बहाद्र कार्कीले प्रोजेकर मार्फत सभ्य दृश्य देखाए ।

नेपाल सरकारले प्रत्यक १० वर्षमा  गर्ने तथ्याड्ढ बारे  कार्य प्रस्तुति पछि  सहभागिहरुले  विभिन्न चुनौति तथा अल्पसंख्या, सुचिउन्मुख, तेस्रोलिन्गी मातृभाषा संम्बन्धि फारममा समावेश गराउने  समस्यबारे प्रसस्तै प्रश्न सोधिएको थियो भने  विगतका तथ्याड्ढ नभई मिथ्याड् समेत भन्ने गरेकोले आउने राष्द्रिय जनगणना २०७८ मा भने सबैको पहिचान हुने गरी  गणना होस र नागरीकतालाई आधार मान्ने हो भने फेरी तथ्याड् नभई मिथ्याड् हुने सुझब समेत दिएका थियो ।

 सो प्रश्नको जवाफमा  केन्द्रीय तथ्याड्ढ विभागका निर्देशक दुन्दीराज लामिछानेले भन्नु भयो । यसपालिका  गणना एउता नमुना बाउने छौ र सो अनुसार राज्यको स्थानीय, प्रदेश, केन्द्र तिनै तहमा विकास गर्न र भाषीक समुदाय, विपन्नता, सबैको  विकास गर्न सजिलो हुने हुदा यस पटक फरक  प्रणाली अपनाएकाछौ भने हामीले नागरीकता लाई आधार नमानी मातृभाषा, पुखौलि भाषागत  रुपमा विवरण संकलन गर्नेछौ  र  यसका लागि हामीले भाषा अगोगमा समेत सल्लाह गरेकाछौ ।  किरात समुदायको हकमा राईको मातृ भाषा नभएको  कुरा भाष आयोग र किरात महासंघबाट प्रस्त भयौ  भन्नु भएको थियो ।

किरात महासङ्घका सल्हाकार प्रतापसिंह नाछिरिङ, किरात रदु नाछिरिङ शाखामको अध्यक्ष तारा नाछिरिङ, किरात जेरुङ सस्थाको महासचिब लोकेन्द्र जेरुङ, किरात देवान सस्था, किरात लोरुङ समाज, किरात बायुङ मुलिखिम, नेपाल कुलुङ भाषा सस्कृती उत्थान सस्था, किरात थुलुङ सावा, किराती मेवाङ यायोख्खा, किरात बान्तवा सस्था, किरात साङ्पाङ सङ्घ, किरात याम्फु समाज, किरात खालिङ राई उत्थान सङ्घ र आठपरिया समाजका पदवाधिकारी तथा प्रतिनीधी र समुदायहरु उपस्थित थिए । बिगतका जनगणनामा सही जनगणना नहुँदा सही तथ्याङ्क नआउने गरेको थियो |

यस बिषयलाई कोड गर्दै सहभागीबाट जनगणना गर्ने गणकले जान अन्जान कती बिगार्ने गुनासो समेत पोखिएको थियो ।

 २०७८ मा जनगणना गर्दा सम्बन्धित जाती भएको ठाउमा सम्बन्धित जातिको गणक राक्नु पर्ने तर्क समेत आएको थियो । सहभागिबाट सोधिएका जिज्ञासाका उतर केन्द्रिय तथाङ्क बिभागका निर्देशक ढुण्डिराज लामिछानेले दिईएका थिए ।

यस कार्यक्रम किरात महासंघको अध्यक्ष चन्द्रसिंह कुलुङको सभापती र कार्यक्रम सन्चालन सचिब नैन सेटाल्चु  जेरुङले गरेको थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...