निर्वाचन बहिष्कार स्वरुप भित्ते लेखन गर्दै नेकपा माऔबादी केन्द्रका नेता तथा कार्यकता पक्राऊ

wwwjerungfilmswwwjerungfilms 14 Nov 2019

२८,कात्तिक–काठमाण्डौं । मंसिर १४ को उप निर्वाचन वहिष्कार तथा देश रक्षार्थ र स्वधीनताको पक्षमा भित्तामा नारा लेख्दै गर्दा नेकपा माआबादी केन्द्रका पाँच कार्यकतालाई प्रहरीले पक्राउ गरेका छन् । बिहिबार विहान भित्ते लेखन गर्दै गर्दा नेकपा माआबादी केन्द्र नेपाल सुकुम्बासी संघका केन्द्रिय अध्यक्ष कमरेड कुमार बान्तवा राई र नेवा ताम्सालिङ प्रदेश अध्यक्ष कमरेड राजकुमार विश्वकर्मा सहित ५ जना लाई प्रहरीले बल्खु काठमाण्डौंबाट गिरफ्तार गरेको हो ।

पछिल्लो समय नेकपा माऔबादीले शसक्त रुपमा उपनिवार्चनलाई वहिष्कार गर्ने योजना बनाउदै आएका थिए । आफना १८ बुढे मागलाई सरकारले पुरा नगरेको र केही महिना अगाडी प्रधानमन्त्री के.पी.ओलीलाई ज्ञापन पत्र बुझाउदा पनि बेवास्ता गरेकोले शान्ति र साम्यवादको लागि आगामी चुनाव बहिष्कार गरेको केन्द्रीय युवा नेता सुमन वाङदेलले बताए ।

आफ्नो पार्टीका नेता र कार्यकतालाई प्रहरीले पक्राउ गरेकोमा खेद प्रकट गर्दै तत्काल रिहाईको माग गर्दै पार्टी प्रदेश नं १ का संयोजक विमल निरौला र क्रन्तिकारी अध्यक्ष बिद्यार्थीका आलोक राय माझीले पनि आफ्नो फेसबुकबाट आपती जनाएका छन । वाईसियलका कार्यवाहक अध्यक्ष प्रकाश राईले तत्काल रिहाईको माग गर्दै घोर आपति जनाएका छन् ।

तत्काल विना शर्तमा आफनो कार्यकर्तालाई प्रहरीले रिहाई नगरेमा पार्टीले विज्ञप्ती जारी गर्ने र थप संघर्षका कार्यक्रम ल्याउने क्रान्तिकारी सकुम्बासी संघका इन्चार्ज प्रकाश लिम्बुले बताए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...