अमेरिका सामु सांसदले गरे देशकै बेइज्जत !

wwwjerungfilmswwwjerungfilms 13 Nov 2019

कार्तिक २७, २०७६, ललितपुर– आइएनजीओको कार्यक्रममा सांसदहरुले मुलककै बेइज्जत गरेका छन् । मंगलबार कुपण्डोलस्थित एक होटलमा भएको कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी झन्डै ५० सांसदहरुले ट्याक्सी चढ्ने पैसा समेत नभएको भन्दै मुलुकको बेइज्जत गरेका हुन् ।

 अमेरिकी गैरसरकारी संस्था आइआरआई अर्थात इन्टरनेश्नल रिपब्लिकन इन्सिच्युट्सले गरेको कार्यक्रममा सांसदहरुले यस्तो हर्कत गरेका हुन् । 

अमेरिकाको प्रतिनिधि सभा भर्जिनियाका पूर्व सांसद बब गुडलाटे, ३६ बर्षसम्म अमेरिकाको संसद सचिवालयमा काम गरेका पूर्वकर्मचारी ब्राड स्मिथले आफ्नो अनुभव सुनाएका थिए ।

कार्यक्रममा सहभागी धेरैजसो सांसदहरुले आफुहरु गरीव भएको जिल्ला जाने पैसा समेत नपाएको गुनासो गरेका थिए । ‘हामीलाई त्यसका लागि सरकारले पैसा पनि दिँदैन ।

 कुनै कार्यक्रमा जानुप¥यो भने ट्याक्सी खर्च पनि दिँदैन । यस्तो अवस्थामा हामीले जनताका काम कसरी काम गर्ने ?,’ सांसदहरुले भनेका थिए ।

त्यस्तै सत्ता पक्षका सांसदहरुले त संसदमा सत्तापक्षको सांसद भएका कारण संसदमा प्रश्न सोध्न समेत नपाएको गुनासो पोखे ।

नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले अनुभव सुनाउने क्रममा भनिन् ‘तपाईँहरुसँग विज्ञ कर्मचारी हुन्छन् भन्नुभयो, हाम्रोमा त्यस्ता कर्मचारी पनि हुँदैनन् र काम गर्न खर्चको पनि व्यवस्था हुँदैन ।

हामी जिल्ला जाननै सक्दैनौँ, जिल्ला जानको लागि खर्च नै हुँदैन । बरु तपाईँहरुले हाम्रा माथिल्लो निकायका मानिसहरुलाई भेटेर यो खबर सुनाइदिनुपर्यो ।’

त्यस्तै सत्तारुढ दलबाट राष्ट्रियसभा सांसद माया ज्ञवालीले आफ्नो अनुभव सुनाउँदै भनिन्–‘हामीले बोलेको कसैले सुन्दा पनि सुन्दैन, मैले त अमेरिका पनि देख्न पाएकी छैन ।

 तपाईँहरुले सहयोग गर्नुभयो भने देख्ने मौका पाउनेछु । तालिम दिनुभयो आभारी छौ’ उनले थपिन्, ‘मैले त रोजेको संसदीय समितिमा पनि बस्न पाएकी छैन । धेरै ठूलो समस्या छ ।’ मिडिया डबली

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...