२००२ सालबाट सुचारु ओखल्ढुङ्गा जिल्लाका सगरमाथा जनता माध्यामिक विद्यालयबाट उत्पादित २०४४ सालका एस.एल.सि. पुर्वविद्यार्थिहरुले यसरी मनाए ३२ औ यूनिभर्ससरी ।

wwwjerungfilmswwwjerungfilms 9 Nov 2019

जेरुङ फिल्मस सम्बाददाता २३ शनिबार  काठमाण्डौ । ओखल्ढुङ्गा जिल्ला सिद्दिचरण नगरपालिका स्थित संचालिच सगरमाथा जनता माध्यामिक विद्यालयको २०४४ सालमा उत्पादित एस. एल.सि. ब्याजका पुर्वविद्यार्थि ब्रितिश  आर्मि तथा समाजसेवी नारायण गुरुङको आयोजनामा ३२ वर्ष पछि पहिलो पटक  नक्साल स्थित काज दरबार होटलमा गुरुवर्ग तथा कक्षासहकर्मीहरुसंगको पुरानो मित्रता भावनात्माक संम्बन्धको नविकरणात्मक ऐतिहासिक भेतघात कर्यक्रम आयोजना गर्नु भएको थियो । 

पुर्वि नेपालको ओखल्ढुङ्गा जिल्ला सिद्दिचरण नगरपालिका जरंगे गाउमा जन्मनु भएका समाजसेवि गुरुङले आफ्रनो जन्मभुमि, ज्ञानका प्रतिक गुरुवर्ग र सहकर्मीहरुसंग जिवनमा लामो समयसम्म विछोडिएता पनि विद्यार्थि जिवनमा भोगेका टिता मिठा भोगाई सिकाई र भावनासंगको संम्झना कहिल्यै  नछुिट्टएको कारण, पृथ्वीको गोलार्थका भिविन्न  भुगोल, प्रान्तमा कर्मथलो बनाई बसेका कक्षाका सहकर्मीहरुको अवस्था र परिवारीक उन्नतिबारे एकआपसमा  सुसुचित हुनु पाउदा सबैमा बाल्याकालको सम्झना ताजा रहेको बताएता पनि केहि सहकर्मीहरु दिवंगत भएकोमा खेद प्रकत गरी  भावपुर्ण श्रद्वाञ्जली समेत अर्पण गरेका थिए ।

कार्यक्रम स्थानमा भेला भएका सहकर्मी तथा गुरुवर्गहरुलाई खादा लगाई स्वागत गरी हलभित्र प्रवेश गराएका थिए भने तत्काल औपचारिकता दिदै कार्यक्रम आयोजकका संयोजक श्री मुकुन्द श्रेष्ठले कार्यक्रमको अध्यक्षता गरेको थियो भने सगरमाथा जनता माध्यामिक विद्यालयका पुर्व विशिष्ठ शिक्षक श्री  धनराम श्रेष्ठ    लाई प्रमुख अतिथि, पुर्व प्रअ श्री सुमन राजभन्डारी विशेष अतिथि लगायत सरोज श्रेष्ठ, चित्र श्रेष्ठ, इश्वर उदास लगायत अन्य गुरुहरुलाई अतिथि आसन ग्रहण गराएका थिए । 

यस कार्यक्रममा तारा प्रेमी, बिना श्रेष्ठ, अञ्जली श्रेष्ठ, लक्ष्मी राई, गजेन्द्र श्रेष्ठ, मेनुका श्रेष्ठ, भुपदास श्रेष्ठले यस कार्यक्रमको लागि महत्वपुर्ण भुमिका निभाउनु भएकोले कार्यक्रम संचालकको तर्फबात सहधन्याबाद प्रकत गर्नु भयो ।

उपस्थित सम्पुर्ण सहकर्मीहरुको परिचय पश्चात  पानसमा बत्तिबालि औपचारिक कार्यक्रमको उदघाटन  गरी, राष्ट्रिय गान पश्चात श्री बालकृष्ण श्रेष्ठले स्वागत मन्तव्य र उदेश्यबारे  जानकारी गराउनु भयो । कक्षाका सहपाठी मित्र नानीबाबु कटुवाल, नेपाल आर्मी मेजरले यस कार्यक्रमलाई अतुलनिय सहयोग गर्नु भएको थियो ।

पुर्व प्रअ श्री सुमन राजभण्डारीले विद्यालयको ऐतिहासिकताको बारे  यसरी जनकारी गराउनु भयो, सगरमाथा जनता विद्यालयको बैधानिक स्थापना २००७ सालमा भएता पनि भिविन्न खोज अनुन्धानमा २००२ सालबाट भाषिक अध्यानका लागि यो विद्यालयको शुरुवात भएको समेत बताए ।  यस विद्यालयले  विभिन्न समस्याका बावजुत पनि ओखल्ढुङ्गाका लागि सफल ब्याक्तिहरु जन्माएको दावि गरे,  तथापि यस  जिल्लामा मेडिकल कलेज संचालन गर्नुपर्ने अतिआवश्यक रहेको धारण समेत राखेका थिए ।

उपस्थित सहकर्मीहरु अमेरिका, अष्ट्रलिया, यु.के लगायत विभिन्न देशलाई कर्मभुमि बनाई रहेता पनि जन्मभुमिको माया लागिरेको बताए । नेपालमा  राम्रै ब्यावसाहिक गरिरहेका  मित्रहरुप्रति खुशि सातासात गरेका थिए ।

कार्यक्रम संचालक तथा ओखल्ढुङ्गा यू.के समाजका उपाध्यक्ष, ब्यावस्थापक तथा कर्यक्रम संचालक  नारयण गुरुङले आफु अध्यायन गरेको विद्यालय लगायत जिल्ला भित्र रहेका विद्यालयहरुमा विद्युतिय पुस्ताकलयको स्थापना गरी पठनपाठनमा सहज बनाउने र स्वास्थे क्षेत्रमा सेवा सहयोग गर्ने लगयत विपन्नवर्गका विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्य रहेको बताउनु भयो ।

अतिथिहरुको भनाई पश्चात पुर्व गुरुवर्गहरुलाई दोसल्ला ओढाई सम्मान गरेका थिए भने सगरमाथा जनता माध्यामिक विद्यालयलाई घडी मायाको चिनो प्रदान गर्नु भई  अध्यक्षबाट औपचारिकतालाई विसर्जन गरी कार्यक्रमको अन्त्य भएको थियो भने २०४४ सालको ब्याजको कक्षसहकर्मीहरुको ३२ औ युनिभर्सरीको पावन अवसरमा प्रमुख अतिथिबाट केक काटेर उत्सव समेत मनाएका थिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...