विकास नगर्ने जनप्रतिनिधिहरुलाई यसो गर्दा कसो होला

wwwjerungfilmswwwjerungfilms 8 Nov 2019

२१,कात्तिक–काठमाण्डौं । मकवानपुरको अति विकट राक्सिराङ गाँउपालिकाको वडा नं ८ महांकाल बस्तीमा भीआईपी बनेर कार्यक्रम्मा पुगेका जनप्रतिनिधिहरुलाई स्थानीयले फूलको माला लगाएर स्वागत गरी गाग्रो भरि पानी बोकाएर उकालो हिडाएका थिए ।

 सो गाँउमा पहिलेदेखि नै खानेपानीको बिकराल समस्या सुनाउदा पनि कानमा तेल हालेर नेताहरु बसेपछि विरोध स्वरुप गोप्य रुपमा यो कार्यक्रमको आयोजना गरिएको हो ।

तब मात्र उनीहरुलाई थाहा भयो गाउँमा पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा । स्थानीय जनज्योति प्राथमिक विद्यालयको नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिहरुलाई आफ्ना समस्याबारे व्यबहारिकरुपमा बोध गराउन नयाँ तरिका अपनाउदा उनीहरु छक्क परेका थिए ।

 पानीले भरिएका गाग्री डोकोमा राखेर आफूहरुजस्तै आधा घण्टाको उकालो बाटो हिडाउदा जनप्रतिनिधिहरुले बल्ला दुःख महशुस गरेका थिए । नेताहरुको चेत खुल्छकी भन्ने हिसाबले यो गाँउलेहरुले यो आइडीया अपनाएको हो ।

 गाउँलेहरुको त्यो उपाय सफल भएको खबर आजको समाचार पत्र दैनिकले पनि प्रकाशन गरेको छ । त्यो गाउँका स्थानीय महिलाहरु झिसमिसेमै ठाडो उकालो÷ओरालो गर्दै करिब दुई घण्टा हिँडेर खोलामा पुगी डोकोमा गाग्री हालेर पानी घरमा ल्याउने गर्छन्।

प्रदेश सांसद् सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडा–८ का अध्यक्ष रामकृष्ण प्रजा, ९ नम्बर वडा अध्यक्ष रामकुमार थिङ, नेपाली कांग्रेस मकवानपुरका पूर्वजिल्ला सभापति रघुरमण न्यौपाने र नेकपा राक्सिराङ अध्यक्ष हस्तबहादुर मुक्तानले पानी भरेर राखिएको गाग्री बोकेका हुन्। सांसद् र जनप्रतिनिधिलाई गाग्रीमा पानी बोकाउँदा स्थानीय पेट मिचीमिची हाँसेका थिए।

यसरी नै यहाँका स्थानीयहरु डोकोमा पानी बोक्न बाध्य भएको विद्यालय व्यावस्थापन समिति अध्यक्ष जयबहादुर तितुङले नेताहरुलाई भने । साथै उहाँले आफूहरुको वास्तविक पीडालाई अनुभव गर्न उहाँहरुलाई गरिएको क्रियाकलाप प्रति माफी समेत माग्नु भयो ।

गाउँपालिकाका अध्यक्ष मल्लले लामो सास फेरेर भने, ‘तपाईंहरुले यसरी सिर्जनात्मकढंगले आफ्ना आवश्यकता बोध गराउनुभयो। चालु आर्थिक वर्षमै खानेपानी समस्या समाधान गर्नेछौं । यो हाम्रो प्रतिवद्धता भन्नुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...