नुसरतलाई जिउँदै जलाउने १६ जनालाई फाँसी, यसरी गरिएको थियो हत्या

एजेन्सी, ७ कात्तिक । उन्नाइस वर्षीया एक किशोरीलाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा बंगलादेशको अदालतले १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
बिहीबार बंगलादेशको अदालतले १९ वर्षीया किशोरी नुसरत जाहा राफीको हत्या गरेको अभियोगमा १६ जनालाई फाँसीको सजाय सुनाएको हो । फाँसीको सजाय पाउनेमध्ये २ जना सत्तारुढ दल अवामी लिगका स्थानीय नेता समेत रहेका छन् ।
अदालतले नुसरतको हत्यामा संलग्न रहेको अभियोगमा उनी पढ्ने विद्यालयका प्रधानाध्यापकसहित ३ जना शिक्षक र उनीसँगै पढ्ने २ जना छात्रालाई समेत मृत्युदण्ड दिने फैसला गरेको छ ।
अदालतले विद्यालयका प्रधानाध्यापक सिराज उद दौलासहित ३ जनाले नुसरतलाई मार्ने आदेश दिएको भन्दै उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
यौन दुर्व्यवहारको उजुरी फिर्ता लिन नमानेपछि गत अप्रिल ६ गते नुसरतलाई विद्यालयको छतमा जिउँदै जलाइएको थियो । गम्भीर घाइते नुसरतको उपचारका क्रममा मृत्यु भएको हो ।
नुसरतको मृत्यु भएपछि बंगलादेशभर व्यापक विरोध भएको थियो । उनको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने भन्दै मानिसहरु सडका उत्रिएका थिए ।
उनी पढ्ने विद्यालयको छतमा लगी नुसरतलाई मट्टितेल छर्केर आगो लगाइएको र ४ दिनपछि उनको ज्यान गएको थियो ।

नुसरतले आफू पढ्ने विद्यालयका प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन् । तर उजुरी फिर्ता लिन नमानेपछि उनलाई जिउँदै जलाइएको हो ।
नुसरतलाई उक्त उजुरी फिर्ता लिन भन्दै उनका साथी र समुदायका केही प्रभावशाली व्यक्तिले दबाब दिएका थिए । तर उजुरी फिर्ता लिन नमानेपछि उनलाई उनका साथीसहितको एक समूहले जिउँदै जलाएर हत्या गरेको थियो ।
राफीका आफन्तले अदालतको फैसलाबाट खुसी भएको र अभियुक्तलाई तत्काल फाँसीमा चढाउनु पर्ने बताएका छन् ।
यसरी जिउँदै जलाइएको थियो नुसरतलाई

गत अप्रिलमा राजधानी ढाकादेखि १६० किलोमिटर टाढा रहेको फेनी नामक सहरमा नुसरतलाई जिउँदै जलाइएको हो । दुर्व्यवहार भएको उजुरी दिएको ११ दिनपछि उनलाई जिउँदै जलाइएको थियो ।
गत अप्रिल ६ गते सबैभन्दा पहिला नुसरतलाई लछारपछार पार्दै विद्यालयको छतमा लगियो । त्यसपछि बुर्का लगाएका ४/५ जनाको समूहले उनलाई घेरा हाले । त्यसपछि ती व्यक्तिले प्रधानाध्यापकविरुद्धको उजुरी फिर्ता लिन नुसरतलाई दबाब दिएका थिए ।
तर उजुरी फिर्ता लिन नमानेपछि उनीमाथि मट्टितेल छर्केियो र आगो लगाइयो । आगोबाट उनको शरीर ८० प्रतिशत जलेको थियो । उपचारका क्रममा ४ दिनपछि उनको मृत्यु भएको थियो ।
अभियुक्तले सुरुमा नुसरतले आत्महत्या गरी आफैं मरेको भन्ने योजना बनाएका थिए । तर आगो लागेपनि उनी त्यहाबाट भाग्न सफल भएकी थिइन् । आफ्नो शरीर पूर्णरुपमा जलेको थाहा पाएपछि उनले आफ्ना दाजुको फोनमा बेहोस हुनुपूर्व बयान रेकर्ड गरेकी थिइन् ।
नुसरतले आफ्नो बयानमा आफूमाथि आगो लगाउनेको नाम समेत बताएकी थिइन् । ‘शिक्षकले मलाई जबर्जस्ती गरेको हो, यो अपराधका विरुद्ध सास रहुञ्जेल लड्ने छु’, उनले उक्त बयानमा भनेकी थिइन् ।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...