असनमा तुलाधर समुदायको खड्ग जात्रा

wwwjerungfilmswwwjerungfilms 9 Oct 2019

काठमाडौँ। असन क्षेत्रका तुलाधर समुदायले खड्ग जात्रा गरी आज दशैँ मनाएका छन्। हाल काठमाडौँ महानगरपालिका–२७ मा पर्ने असन तथा त्यस वरपर क्षेत्रका तुलाधरले विजया दशमीको भोलिपल्ट विशेष बाजागाजासहित जात्रा गरी आसुरी शक्तिलाई परास्त गरेर उनीहरुले टीका, जमरा लगाउने प्रचलन छ ।

बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले राक्षसी प्रवृत्तिबाट मुक्त भई मानव कल्याणका लागि खड्ग जात्रा गर्ने परम्परा रहेको स्थानीय दिपेश तुलाधारले जानकारी दिए। सधैँजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासी आज बाजागाजासहित फरक भूमिकामा जात्रामा निस्केको दृश्य रौनक थियो । असन पुरानो व्यापारिक केन्द्र हो ।

यहाँ रहेको तुलाधर समुदायको कुल देवताको घरबाट जात्रा निकालिन्छ । जात्राका सहभागीले अन्नपूर्ण मन्दिर परिक्रमा गरेपछि त्यही घरमा गएर कुबिन्डो काटेर आसुरी शक्तिको नाश गरेका थिए । तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाइने परम्परा छ ।

कलात्मक शैलीमा दैत्यको चित्र बनाइएको दुई वटा कुबिन्डोमा बालकले मार हानेर असुरी शक्तिमाथि विजयी प्राप्त गरेको घोषणा गरिएको थियो । सम्राट अशोकले कलिङको युद्धमा लाखाँै मानिसको नरसंहार गरेको घटनासँग जोडिएको यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा संस्कृतिका रुपमा मिश्रण गरिएको छ ।

भारतका विभिन्न स्थानमा बौद्ध अनुयायीले अशोकले अस्त्र परित्याग गरेको स्मरणमा प्रत्येक महाअष्टमीमा महोत्सवसमेत गर्ने गर्दछन् । जात्रापछि उनीहरुले आफन्त, नातागोता बोलाइ अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने परम्परा छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...