नेपालथोक र पाँचखालमा सात वटा हेलिकोप्टर धान खेतमा आकास्मिक अवतरण

wwwjerungfilmswwwjerungfilms 17 Sep 2019

३१ भदौ, काभ्रे । खराव मौषमका कारण लुक्लाबाट काठमाडौको लागि उडेका सात वटा हेलिकोप्टर काभ्रेको पाँचखाला र सिन्धुलीको नेपालथोकमा आकास्मिक अवतरण गरेका छन् । धान खेतमा अवतरण गरिएका हेलिकप्टरका सबै यात्रु सकुशल छन् । लुक्लाबाट विदेशी यात्रु ना लिएर काठमाडौ आउँदै गरेका चारवटै हेलिकप्टरमा विदेशी पर्यटक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीका अनुसार काभ्रेको पाँचखाल नगरपालिका–२ जोरपाटीमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् भने पाँचखाल नगरपालिका २ कै हर्सेमा अर्काे एउटा हेलिकप्टर अवतरण गरेको छ ।

अविरल परेको पानी र हुस्सुका कारण लुक्लाबाट उडेका हेलिकप्टर राजधानी जान नसकेका हुन् । मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका ४ वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हुन् ।

४ चालक सहित विदेशी पर्यटक २१ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् । नेपालथोकमा अवतरण गरिएका सबै हेलिकप्टरमा पर्यटक रहेको प्रहरीले जानकारी दिएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...