वरिष्ठ संस्कृतिविद्, जिवित छँदा नै सिक्का निष्काशन गर्न पाउने पहिलो व्यक्ति

wwwjerungfilmswwwjerungfilms 11 Sep 2019

२४ भाद्र २०७६, मंगलवार,  काठमाण्डौं ।  सुनील महर्जन, ललितपुर । वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अंकित तीन वटा सिक्का निष्काशन गरेको छ ।

शताब्दी पुरुष जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले टकमरी गरिएका सिक्का निष्काशन गरेको हो । वि सं १९७७ वैशाख ३० गते तिथि अनुसार बैशाख कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा उहाँको जन्म भएको हो ।

ललितपुर महानगरपालिकाले आग्रहमा राष्ट्र बंैकले क्युप्रोनिकेल धातुबाट बनेको रु १०० दरका ( तौल २५ ग्राम, व्यास ३७ एम.एम, निष्काशन संख्या १० हजार थान) र चाँदीबाट बनेका रु १००० ( तौल १० ग्राम, व्यास २९ एम.एम, निष्काशन संख्या २५ हजार थान) र २५०० रुपैया“को सिक्का ( तौल ८ दशमलब ५ ग्राम, व्यास २९ एम.एम, निष्काशन संख्या १० हजार थान) निष्काशन गरेको थियो ।

राजा, राजपरिवारका सदस्य बाहेक जिवित हुँदा नै आफ्नो चित्र अंकित सिक्का निष्काशन गर्न पाउनुहुने वाङमय शताब्दी पुरुष जोशी पहिलो व्यक्ति हुनुहुन्छ । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख वरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार दोस्रो जनआन्दोलन भन्दा अघि जिवित छँदा राजा र राजपरिवारका सदस्यहरुको मात्र टकमरी गरिएका सिक्का निष्काशन हुने गर्दथ्यो ।
‘जोशी जिवित हुँदा नै राष्ट्र बैंकले यसरी सम्मान गर्न पाउनु नेपाल र नेपालीको लागि गौरवको विषय हाे। ’ प्रवक्ता समेत रहनुभएका निरौलाले भन्नुभयो ‘सिक्का निष्काशनले जोशीको योगदानलाई अविस्मरणीय बनाउने छ।’ टक्सारले नेपालका ऐतिहासिक अवसर एवंम सामाजिक र सांस्कृतिक निधिहरुलाई अविस्मरणीय बनाउनका लागि स्मारिका सिक्काहरु निष्काशन गर्दै आएको छ ।

राष्ट्र बैंकका प्रवक्ता निरौलाका अनुसार यस अघि नेपाल अधिराज्यको संविधान –२०४७ र नेपालको संविधान – २०७२ जारी भएको अवसरमा स्मारिका सिक्का जारी गरिएको थियो । त्यसैगरी गौतम बुद्ध, आदिकवि भानुभक्त आचार्य, सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा उहाँहरुको चित्र अंकित टकमरी गरिएका सिक्का जारी गरिएको थियो । त्यस्तै वन्यजन्तु अंकित स्मारिका सिक्का पनि निष्काशन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थमन्त्रीद्वारा सिक्का अनावरण
यसैबीच महानगरपालिकाले मंगलबार एक समारोहको आयोजना गरी सिक्काको अनावरण गरियो । सिक्का अनावरण गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कुनै पनि सम्पदा सय वर्ष पुगेपछि पुरातात्विक सम्पदाको रुपमा लिईने नियम अनुसार जोशी आफै्र जिवित सम्पदा रहेको धारणा राख्नुभयो । ‘जोशी स्वयंमा जिवित धरोहर हुनुहुन्छ । उहाँको चित्र अंकित सिक्का निष्काशनबाट जोशीको योगदान सम्मान गरेको हो ।यो हाम्रँो लागि गौरवको विषय हो ।’ अर्थमन्त्री डा खतिवडाले भन्नुभयो ।

जोशीको योगदानलाई कदर गरेर सिक्का निष्काशन गर्न पाउनु सरकारको लागि पनि गौरवको विषय रहेको पनि अर्थमन्त्री खतिवडाको भनाई रहेको छ ।सो अवसरमा ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले राष्ट्रियताको भावना बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै संस्कृति मार्फत सिंगो राष्ट्रलाई जोड्न जोशीले महत्वपूर्ण योगदान पु¥याउनुभएको विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जोशीको सम्मानबाट जिवित छँदा नै व्यक्तित्वको योगदान कदर गर्न संस्कार बसाउन प्रयास गरेको बताउनुभयो । जोशी सय वर्ष पुगेको अवसरमा वर्षभरि विविध कार्यक्रम आयोजना गरी मनाउने कार्यक्रम अनुसार सिक्का निष्काशन भएको सत्यमोहन जोशी मूल समारोह समिति कार्यसम्पादन समितिका संयोजक श्रीगोपाल महर्जनले बताउनुभयो । उपप्रमुख गीता सत्यालले जोशीलाई सम्मान गर्न पाउँदा सबैमा गौरवको सञ्चार भएको धारणा राख्नुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...