नेकपाका दुई पक्षबीच बर्दिबासमा झडप, प्रदेश सदस्यको टाउको फुट्यो

wwwjerungfilmswwwjerungfilms 10 Sep 2019

२०७६ भदौ २४ मंगलबार  काठमाडौं । शपथ ग्रहणमा कुरा नमिल्दा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई पक्षबीच बर्दिबासमा झडप भएको छ । मंगलबार प्रदेश नम्बर दुई कमिटीले बारा, पर्साबाहेकको जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रम महोत्तरीको बर्दिबासमा राखेको थियो ।

तर, माधवकुमार नेपाल पक्षले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले एकलौटी ढङ्गले जिल्ला कमिटी निर्माण गरेको भन्दै आपत्ति प्रकट गरेपछि शपथ ग्रहण कार्यक्रम झडपमा परिणत भएको हो ।झडपमा प्रदेश कमिटीका सदस्य देवनाथ यादवको टाउकोमा चोट लागेको छ भने अन्य केही घाइते भएको बताइएको छ । दुई पक्षबीच अहिले पनि विवाद जारी छ ।

विवादको चुरो

घेराबन्दीमा परेको र पार्टीको पद्धतिअनुरूप काम गर्न नपाएको भन्दै केही दिनअघि प्रदेश अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका थिए । तर पार्टी सचिवालयले साहको राजीनामा स्वीकृत गरेन ।

स्रोतले दिएको जानकारीअनुसार वरिष्ठ नेता माधव नेपाल र पार्टीका नेता मातृका यादव मिलेर घेराबन्दी गरेको, कामै गर्न नदिएको उनको आरोप थियो विवादकै कारण जिल्ला कमिटीको शपथ ग्रहण पनि दुईपटक स्थगित भइसकेको छ । र, यो तेस्रोपटक डाकिएको थियो ।

मंगलबार शपथको तयारी भए पनि नेता नेपाल पक्ष र मातृका पक्षले दुई–चारदिनदेखि नै जिल्लामा भेला, बैठक गरेको र त्यसैले झडपको पृष्ठभूमि तयार गरेको साह पक्षको भनाइ छ । यता प्रदेश सचिव सुमनराज प्याकुरेलले भने सामान्य विवाद भएको बताए । “दुई ठूला पार्टी एकीकरणको प्रक्रियामा छन् । विवाद हुन्छ, मिल्छ । अहिले पनि भएको त्यही हो, यसलाई ठूलो नबनाऔँ,” उनले भने ।

उनले कुटाकुट नभएको र आफूविरुद्ध नाराबाजी भएको बताए । “विधानतः १६५ भन्दा बढी सदस्य राख्न पाइँदैन । माओवादीको चार हजारको त केन्द्रीय कमिटी नै थियो । तलका जिल्ला कमिटीको आकार पनि झण्डै तेत्रै छ । सबैलाई समेट्दा वडा तहसम्म पूर्वमाओवादी केन्द्रले नै पुग्छ । विवाद त हुने नै भयो,” उनले भने ।

बर्दिवास सेवा समितिको हलमा हुलहुज्जत हुन थालेपछि प्रहरी परिचालन गरिएको छ । उत्तेजित कार्यकर्ताहरूले प्रदेश नेतृत्वविरुद्ध नाराबाजी गरेको त्यहाँ रहेका सञ्चारकर्मीले जनाएका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...