गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

wwwjerungfilmswwwjerungfilms 7 Sep 2019

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन गरिएको छ । लोकतन्त्र धर्म निरपेक्षता कार्यन्वयन गर,राष्ट्रिय जनावर गाई होइन,कस्तुरी मृग वा एक सिंगे गैडा राख भन्ने व्यानर सहित लिम्बु र उनका सर्मथकहरुले नारा लगाएका थिए । गाईगोरुको मासु खान पाउनु पर्छ, सबै जनावर उस्तै हुन भन्दै सिहंदरबार भित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् ।

लिम्बुको टिममा जम्मा सात जना रहेका थिए । उनीहरु कुनै प्रशासन र पप्लिकलाई थाहै नदिई एक्कासी दक्षिणी गेटबाट आएर नारा लगाएका थिए । नारा लगाउदा लगाउदै बिकिन लिम्बु,रेवत मगर,सोनम माझी,अनोज तितुङ तामाङ,अमृत सुनार,विदुर श्रेष्ठ,रमेश गिरी,किशोर मगर, लगायतलाई प्रहरीले पक्राउ गरेका हुन् । करिब ६ मिनेट मात्र उनीहरुले नारा लगाउन पाएका थिए । निकै साहसी र आँटी लिम्बुले गत बर्ष पनि पुरै नाङ्गो रुपमा एकलै आन्दोलन गरेका थिए ।

पक्राउ परेका उनीहरुसबैलाई बिनाशर्तमा नै प्रहरीले शुक्रबार बेलुका रिहाई गरेका छन् । रिहाई पछि हामीसँग कुरा गर्दै आफूहरुको आन्दोलन सफल भएको लिम्बुले बताउनु भयो । प्रहरीले हिरासतमा कुनै यातना पनि नदिएको र सामान्य सोधपुछ पछि बिना शर्तमा नै छोडिदिएको लिम्बुले बताए । जब सम्म आफूहरुको माग पूरा हुदैन त सम्म बेलाबेलामा सिंहदरबार घच्घच्याइँ रहने पनि लिम्बुले जानकारी दिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...