पत्रकारिता विषय पढेका र लाइन्सेन्स लिएकाले मात्र पत्रकार भन्न पाउने सरकारले नयाँ नियम ल्याउदै

wwwjerungfilmswwwjerungfilms 3 Sep 2019

राज कुमार राई ,१७,असार–काठमाण्डौं । विना दर्ताको युटुप र फेसबुक चालाउनेहरुले पनि पत्रकार बनेर आफ्नो परिचय दिई रहेका बेला सांसदले पत्रकार बन्न अन्य पेशामा जस्तै परीक्षा लिएर लाइसेन्स लिनुपर्ने कानुनी प्रवन्ध गर्न प्रस्ताव गरेका छन् । राष्ट्रियसभा सदस्य डा। विमला राई पौड्यालले पत्रकार बन्नका लागि परीक्षा दिएर लाइसेन्स लिनुपर्ने कानुनी व्यवस्था गर्न माग गर्दै मिडिया काउन्सिल विधेयककमा संशोधन दर्ता गराएकी हुन्।

सांसद पौड्यालको प्रस्ताव छ, ‘संचारकर्मीहरूको गुणस्तर मापन गर्न आवश्यक पाठ्यक्रम बनाउने, परीक्षा प्रणाली विकास गर्ने, परीक्षा लिने, परीक्षाफल प्रकाशित गर्ने र लाइसेन्स दिनेसम्बन्धी व्यवस्था गर्ने । राष्ट्रियसभा सदस्यहरुलाई सोमबार दिउँसोसम्म संशोधन दर्ता गर्न दिइएको समयमा विधेयकमाथि आठ वटा संशोधन दर्ता भएका छन् । यो प्रस्ताव पारित भएमा मिडियामा देखा परेका छाडाँपन बेतिथि भने नियन्त्रण हुने सम्भावना देखिन्छ ।

अहिले साच्चिैको पत्रकारिता विषय नै नपढेका र यस सम्बन्धि ज्ञान नै नभएकाहरुले व्यावसायको नाम्मा कसरी भ्यूअरस बढाउने र आफनो च्यानललाई उठाउने . भन्ने उद्देश्यले विभिन्न शीर्षक बङ्गयाएर अरुको चरित्र हत्या हुने र समाजमा आँच पुर्याउने खालको गतिविधिहरु गर्दै आएका छन् । त्यसैले पनि यस्ता प्रवृतिलाई नियन्त्रण गर्नका लागि सरकारले पे्रस सम्वन्धि नयाँ प्रस्ताव ल्याउनु भएका आवश्यकता देखिन्छ ।

नेकपाका १४ जना सांसदले संयुक्त रुपमा दर्ता गराएको संशोधनमा काउन्सिलको अध्यक्ष बन्न र सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको, वरिष्ठ अधिवक्ता वा पत्रकारिता क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव भएको हुनुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ । सदस्यको हकमा भने पत्रकारिता वा कानुन वा व्यवस्थापन वा सूचना प्रविधि वा सामाजिक सेवामा कम्तिमा १० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था राख्नुपर्ने माग गरिएको छ । सांसद पौडेलले दर्ता भएका पत्रकारहरूलाई जरिवाना गर्न नहुने संशोधन राखेकी छन्।

दर्तावाला पत्रकार बन्न पत्रकारिता विषयमा नै स्नातक गरेको हुनुपर्ने वा अन्य विषयमा स्नातक गरेको व्यक्तिले तीन वर्ष पत्रकारिता गरेपछि दर्तावाला पत्रकार बन्ने व्यवस्था गर्नुपर्ने संशोधनमा उल्लेख गरेकी छन् । सरकारले ल्याएको विधेयकमा २५ हजारदेखि दश लाखसम्म जरिवाना गर्न सक्ने उल्लेख छ । यसलाई संशोधन गरि काउन्सिलले २५ हजारदेखि एक लाखसम्म जरिवाना गराउन नेकपाका सांसद रामनारायण बिडारीले माग गरेका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...