काठमाडौंमा सेताे काग भेटियो

wwwjerungfilmswwwjerungfilms 3 Sep 2019

काठमाडौं : कागलाई कालोबाहेकको रङमा कल्पना गर्नेहरु विरलै होलान्। हाम्रा वरपर पाइने काग निख्खर कालो र कालो खरानी रङकै हुने भएकाले पनि यीभन्दा पृथक रङका हुनसक्छन् भन्ने नलागेको हो। काठमाडौंको टोखामा सेतो काग भेटिएपछि चराविद्सँगै यसको अध्ययनमा लागेकाहरु छक्क परेका छन्। 

 चराविद्हरू मोहनविक्रम श्रेष्ठ, पूर्णमान श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ र सुवर्ण घिमिरेको टोलीले शनिबार टोखाको ठूलो लाछीमा सेतो काग फेला पारेको हो भन्ने खबर कान्तिपुर दैनिकमा छ। टोखावासीका अनुसार उक्त सेतो काग ४–५ वर्षदेखि काब्रोको रूखमा गुँड बनाएर बस्दै आएको छ ।

 स्थानीयले त्यसलाई पहिचान गर्न सकेका थिएनन्। ‘स्थानीय बूढापाकाले पहिले नै देखेका रहेछन्,’ चरा अनुगमन र संरक्षण शिक्षामा काम गर्दै आएका आनन्दकुमार श्रेष्ठले भने, ‘सेतो कागको पहिलो पटक तस्बिर खिच्न सफल भएका छौं।’ केहीअघि कीर्तिपुरमा सेतो काग भेटिएको थियो। टोखामा भेटिएको सेतो कागको प्वाँख सेतो भए पनि ठुँड, आँखा र खुट्टाका नङ्ग्रा भने काला छन् ।

यसको आनीबानी र आहारा भने कालो कागको जस्तै छ। चराविद्हरूका अनुसार उत्परिवर्तन भएर कागको रङ सेतो भएको हो। वंशाणुगत गुणमा अचानक आउने परिवर्तनलाई उत्परिवर्तन भनिन्छ। ‘पृथ्वीमा उत्पन्न विभिन्न कारणले वंशाणुगत गुण नै बदलिएर रङ फेरिएको हुनसक्छ,’ उनले भने, ‘यसबारे विस्तृत अध्ययन गर्नु आवश्यक देखिएको छ।’ सेतो काग नेपालका अन्य स्थानमा रेकर्ड भएको छैन।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...