गौहत्या प्रकरणमा गृहमन्त्रालयले छानविन गर्ने विज्ञाप्ती सहित

wwwjerungfilmswwwjerungfilms 31 Aug 2019


१४,असोज–काठमाण्डौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका जंगलमा मृत अवस्थामा फेला पारिएका गाईगोरुको विषमा गृहमन्त्रालयले आफनो ध्यान आकर्षण गरेको छ । शनिबार गुहमन्त्रालयका प्रभक्ता रामकृष्ण सुवेदीले शनिबार एक विज्ञप्ती जारी गर्दै यो घटनाको विषयमा आफ्नो ध्यान आकर्षण भएको जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले काञ्जी हाउसमा रहेका ३७० गाईगोरुलाई सुर्खैत हुँदै दैलेखको श्रीस्थान लैजान लागेको तर वीरेन्द्र नगरकोजंगलमा मृत र घाइते अवस्थामा फेला परेको जानकारी आएको जनाएका छन् । विज्ञप्तिमा घटनास्थलमा गाईगोरु छाडेर फर्किँदै गरेका ५ वटा ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको पनि उल्लेख गरिएको छ।

मन्त्रालयले घटनाबारे छानबिन गर्न गृहमन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्सीय छानबिन समिति गठन गरिएको जनाएको छ। समितिलाई १५ दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ । गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारबाही गरिने पनि स्पष्ट पारेको छ । विज्ञप्ती पूर्णपाठ सहित

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...