गोकर्णेश्वर मन्दिरमा विशाल मेला,पितृ पुजा गर्नेको घुइचो,यस्तो छ यथार्थ ( भिडियोमा हेर्नुस् )

wwwjerungfilmswwwjerungfilms 30 Aug 2019


राज कुमार राई,१३,भदौ–काठमाण्डौं । आज बुवाको मुख हेर्ने अर्थात कुशे औंसीको अवसरमा गोकर्णेश्वर मन्दिर परिसर भित्र विशाल मेला भरिएको छ । परापूर्वकालदेखि चलिआएका परम्परा अन्तर्गत हरेक बर्ष यो मन्दिरमा मेला भर्ने गरिन्छ । भाद्र कृष्ण औंसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले मिठाई, फलफूल, वस्त्र तथा मिष्ठान्न भोजन खुवाएर बुबाको अनुहार हेर्ने परम्परा रहेको छ । बुवाले संसार देखाए बापत उहाँको खुशीको आँशु पुच्ने अवसरको रुपमा पनि आजको दिनलाई लिने चलन छ ।

दिवङ्गत पिताप्रति को सम्झना एवम चिरशान्तिको कामना गर्दै यसै दिन गोकर्णेश्वरमा श्राद्ध अर्पण तथा दान गर्ने चलन पनि रहेको छ । पुरोहित पण्डितहरुका अनुसार आजकै दिनमा घरघरमा कुश राखेर कुशको अर्चना गर्ने गरिन्छ । कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिएको छ । भगवान् इन्द्रले स्वर्गबाट कुश, तुलसी र शालिग्राम पठाएको भन्ने कथन छ । वर्षका सबै औँसी पितृको रहे पनि सबै औँसीमा पितृको कार्य गर्न नसक्नेले यो कुशे औँसीका दिन भने टुटाउन नहुने ज्योतिषीय मान्यता रहेको छ ।

भदौ कृष्ण औँसीका दिन शुक्रबार पितृ कार्य र देव कार्यमा प्रयोग हुने कुश घर डेरामा भित्र्याइँदैछ । कुश, तुलसी, पीपल र शालिग्रामलाई विष्णुको प्रतीक मानिन्छ । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै कुशको पनि उत्पत्ति गरेको हुन् भन्ने धार्मिक मान्यता छ । बाबु नहुने चुडाकर्म गरेका टुहुराले श्राद्ध तथा तर्पण गर्ने छोरीचेलीले प्रसाद ग्रहण गरेर बाबुप्रति श्रद्धा प्रकट गर्ने गरिन्छ ।

आज राजधानीका विभिन्न स्थानहरु गोकर्णेश्वर, पशुपति, राजराजेश्वरीमा रहेको विराटेश्वरमा यो दिन पूजा अर्चना गर्ने चलन छ । यी स्थानहरुमा विहान ४ बजेबाट सुरु गरिएको मेला आज दिनभरी लाग्नेछ । आदिम किराँतीहरुको समेत सभ्यता र प्राचीन इतिहास बोकेको यो मन्दिर परिसरमा गोकर्णेश्वरको मन्दिरदेखि सल्लाघारी सम्म भव्वरुपमा मेला लागि रहेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...