सिटिजन बैंक काण्डै काण्डमा फसेपछि ग्राहकमा त्रास छायो, बैंक आफै पनि असुरक्षित बन्दै

wwwjerungfilmswwwjerungfilms 28 Aug 2019

सिटिजन्स बैंकमा सुनको काण्डै काण्ड, कसैको कारावास, कसैको मृत्यु १ प्रकाशित मिति स् बुधबार, भदौ ११, २०७६काठमाडौं । एकपछि अर्को सुनकाण्ड हुन थालेपछि सिटिजन्स बैंक मुलुककै सर्वाधिक असुरक्षित बैंक बनेको छ । सिटिजन्समा कारोबार गर्ने हजारौं सेवाग्राही सशंकित देखिएका छन् । नेपाल राष्ट्र बैंकले यसप्रति चासो देखाएको छ । चार वर्षअघि २०७२ भदौ १५ गते २ करोड २८ लाख ३८ हजार ४ सय १ रुपैयाँबराबरको साढे २ किलो सुन सिटिजन्सको न्युरोड शाखाबाट गायव भयो ।

सर्वसाधारणले धितो राखेको सुन हराएको तीन वर्षसम्म बैंकले घटनालाई गुपचुपमै राख्यो । सुन जाँचकीका रूपमा कार्यरत सामिन शाक्यलाई आरोप लगाउँदै सिटिजन्सका कर्मचारीले न्यूरोडको घरसम्म हडपेको सामिनका बुवा न्हुच्छेराज शाक्य बताउँछन् । घर हड्पेपछि सामिनले शान्तिसँग बस्न पाइनन् । उनी आफैं ‘मलाई थुनिदिनुपर्यो ’ भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जान बाध्य भइन् । आफूविरुद्ध आफैं उजुरी लिएर ब्युरोमा पुगेपछि साढे दुई किलो सुन हराएको घटना बाहिरिएको थियो ।

त्यसपछि मात्र २०७५ भदौ १० गते बैंकका तत्कालीन कानुन शाखा प्रमुख केदार अधिकारीले सीआईबीमा उजुरी दर्ता गराएका थिए । सामिन कारावासमा छिन् । बैंकभित्रका तस्करका कारण उनले लगभग सर्वस्व गुमाएकी छन् । त्यही मुद्दा अदालतमा विचाराधीन रहेका बेला नेपालगन्ज शाखामा अर्को सुनकाण्ड मच्चिएको छ । जसको परिणाम त्यहाँ कार्यरत शाखा प्रबन्धक विवेक स्वाँरको ज्यान गएको छ । स्वाँरलाई पनि नक्कली सुन धितो राखेर कर्जा प्रवाह गरेको आरोप लागेको थियो ।

केन्द्रीय कार्यालयकै सहमतिमा उनले कर्जा प्रवाह गरेका थिए । कर्जाका लागि धितो राखिएको सुन केन्द्रीय कार्यालय दरबारमार्गमा जाँच पनि गरिएको थियो । तर नक्कली भएको पाइएको छ । नक्कली सुन राखेर धितो कर्जा दिएको भन्दै केन्द्रीय कार्यालयले उनलाई दबाबमा राख्दै आएको थियो । त्यसपछि तनावमा पुगेका स्वाँरको हृदयघातका कारण भेरी अञ्चल अस्पताल नेपालगन्जमा निधन भएको हो ।

नक्कली सुन धितो राखेको अभियोग लागेका उनी ८ साउनमा २५ लाख धरौटी तिरेर रिहा भएका थिए । त्यसपछि उनी तनावमा रहँदै आएको पारिवारिक स्रोतले जनाएको छ । सिटिजन्स बैंक सुनकाण्ड स् जब सामिन आफूविद्ध उजुरी लिएर आफैं प्रहरीमा पुगिन् प्राइम बैंकसँग सिटिजन्सको ‘अवैध लेनदेन’, यसरी फसिन् सामिन सिटिजन्स बैंकबाट साढे २ किलो सुन गायव, किन गरिएन प्रहरीमा उजुरी रु

साभार ः

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...