पृथ्वीमा अक्सिजन फाल्ने एमजनमा कसरी लाग्यो डढेलो, अब के हुन्छ?

wwwjerungfilmswwwjerungfilms 27 Aug 2019

काठमाडाैं, भदाै १० : यो वर्ष ब्राजिलका अनौठा स्थानमा डढेलो लागेको छ। यसले एमजन क्षेत्रमा भइरहेको वनविनाशबारे चिन्ता बढाएको छ। वर्षा गराउने विश्वकै ठूलो वनलाई ‘पृथ्वीको फोक्सो’ पनि भन्ने गरिन्छ।

ब्राजिलको नेसनल स्पेस रिसर्च इन्स्टिट्युटसँग देशभरि यो वर्ष ७६ हजार सात सय २० वटा डढेलो लागेको अभिलेख छ। पोहोरको तथ्याङ्कको तुलनामा यो ८५ प्रतिशत वृद्धि हो। तीमध्ये आधाभन्दा बढी वा ४० हजार तीन सय ४१ वटा डढेलो एमजन क्षेत्रमा देखिएका छन्।

डढेको क्षेत्रबारे कुनै तथ्याङ्क नभए पनि यो वर्ष समग्र एमजन क्षेत्रमै वनविनाश बढेको संस्थाले जनाएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार जनवरी १ देखि अगष्ट १ सम्म नौ हजार दुई सय ५० वर्ग किलोमिटर वनक्षेत्र नष्ट भएको छ। सन् २०१८ मा जम्मा सात हजार पाँच सय ३७ वर्ग किलोमिटर वनक्षेत्र नष्ट भएको थियो।

सन् २००४ देखि २०१४ सम्म कडाइका साथ लागू गरिएको वातावरणीय कानूनले वनविनाशको दर नियन्त्रण गरेको थियो। सन् २००० ताका प्रति वर्ष २५ हजार वर्ग किलोमिटर क्षेत्र मासिने गरेको थियो। यसैबीच, बोलिभिया, पाराग्वे र अर्जेन्टिनाजस्ता छिमेकी देशमा पनि ठूलो आगलागी भएका छन्।

डढेलोको कारण

एमजन इन्भाइरोन्मेन्टल रिसर्च इन्स्टिट्युटका सह-संस्थापक पौलो मोतिन्होले ‘एमजनमा प्राकृतिक आगलागी हुनु एकदमै गाह्रो हुने र भए पनि अधिकांश मानिसकै कारण हुने’ गरेकाे बताएका छन्।

मोतिन्होले ३० वर्षदेखि एमजनका जंगलमा काम गरेका छन्। प्राय: खेतिपाती, पशुपालन वा काठका लागि डढेलो लगाउने गरिएको उनले बताए। जुलाई नोभेम्बरको सुख्खा मौसममा यस्ता आगलागी सजिलै गरि नियन्त्रणभन्दा बाहिर जाने गर्छन्। यो वर्ष खासै सुख्खा नभएको मोतिन्हो बताउँछन्। ‘हामी भाग्यमानी छौं। गएको चार वर्षयता जस्तै सुख्खा भएको भए, परिस्थिती अझ गम्भीर हुनेथियो।’

आलोचकहरू सो क्षेत्रमा विकास निर्माणका कार्य बढाउने ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोकोचाहनाले पशुपालन र खानी विस्तार गर्ने स्वार्थले प्रश्रय पाएको बताउँछन्।

एमजन कति महत्त्वपूर्ण छ?

विश्वकै ठूलो वर्षावनको ६० प्रतिशत भूभाग ब्राजिलमा पर्छ। यसलाई ‘पृथ्वीको फोक्सो’ पनि भन्ने गरिन्छ।

रूखहरूले वायुमण्डलबाट सोसेको कार्बन भण्डार गर्छन्। एमजनले प्रत्येक वर्ष दुई अर्ब टन कार्बन डाइअक्साइड व्यवस्थापन गर्दछ। कार्बन डाइअक्साइड ‘ग्लोबल वार्मिङ’ बढाउने एउटा हरितगृह ग्याँस हो।

एमजनका अर्बौं रूखहरूले पानीको वाफ पनि निष्कासन गर्छन्। वर्षावनमाथि यो बाक्लो कुहिरो भएर बस्छ। यो कुहिरो बादलमा पुगेपछि पानी पर्छ। यसले दक्षिण अमेरिका र त्यसभन्दा परको मौसम समेत प्रभावित हुन्छ।

यहाँ पृथ्वीको २० प्रतिशत वनस्पति प्रजाति पाइन्छ। तीमध्ये धेरै अन्यत्र कतै पाइदैंन। ‘डढेलो लागेको प्रत्येक हेक्टरमा हामीले थाहा नपाएको कुनै वनस्पति वा पशुको प्रजाति गुमाइरहेका हुनसक्छौं,’ एमजन इन्भाइरोन्मेन्टल रिसर्च इन्स्टिट्युटका निर्देशक आन्द्रे गुमारेसले भने।

डढेलोको कारण

युनिभर्सिटी अफ साओ पाउलोका जलवायु वैज्ञानिक कार्लोस नोब्रे र जर्ज मेसन युनिभर्सिटीका वातावरणीय वैज्ञानिक थोसम लभजोयले एमजनमा भइरहेको परिवर्तनमा २० देखि २५ प्रतिशत वनविनाशको योगदान भएको अनुमान गरेका छन्। जंगललाई आवश्यक वर्षा सिर्जना गर्न पर्याप्त रूख नहुँदा लामो र गम्भीर सुख्खा मौसमले आधाभन्दा धेरै वर्षावनलाई ‘उष्ण सवान्नाह’ बनाउने पोहोर प्रकाशित जर्नल साइन्स एड्भान्सेसमा उनीहरूले उल्लेख गरेका थिए।

वर्षा चक्र नष्ट भए ब्राजिल, युरूग्वे, पाराग्वे र अर्जेन्टिनामा जाडो महिनामा हुने सुख्खाले कृषि नष्ट गर्ने उनीहरूले लेखेका थिए। जेम्स कुक युनिभर्सिटी, अष्ट्रेलियाका उष्ण पर्यावरणविद् बिल लरेन्सका अनुसार यसको प्रभाव अमेरिकन मिडवेस्टसम्म देखिनसक्ने बताए।

लभजोयले एमजनको २० प्रतिशत वन पहिले नै नष्ट भइसकेको बताए। ‘अहिले भइरहेको वनविनाशले वन र जैविक विविधतामा ठूला क्षति पुर्‍याउँछ भन्ने चिन्ता छ,’ उनले भने।

सरकारले प्रस्ताव गरेको पूर्वाधार परियोजनाले वनविनाश अझ बढाउने लभजोयले बताएका छन्। उनका अनुसार यसले ‘यसले जलवायु परिवर्तनको चुनौती बढाउने छ । जैविक विविधताको ठूलो क्षति हुनेछ। यसले मानव स्वास्थ्य र हित प्रभावित हुनेछ।’

बोल्सोनारोको दृष्टिकोण

बोल्सोनारोले जनवरी १ देखि पदभार सम्हालेका हुन्। आदिवासी भूमि र प्राकृतिक आरक्षको संरक्षण खुकुलो बनाउने वाचाले उनलाई राष्ट्रपतिको पद दिलाएको हो। प्रमुख कृषिजन्य र खानी क्षेत्रलाई दबाएर त्यसता संरक्षणवादी नीतिले ब्राजिलको संकटग्रस्त अर्थतन्त्रलाई कमजोर बनाएको उनको तर्क छ।

उनले ब्राजिलको प्रगतिमा कठिनाइ सिर्जना नगरी वातावरण संरक्षण गर्ने चाहना व्यक्त गरेका छन्। जर्मनी र फ्रान्स लगायत विदेशी सरकार र गैरसरकारी समूहसँग बोल्सोनारोको झगडा पनि परेको छ। एमजनको सुरक्षाका लागि ब्राजिलले धेरै काम गर्नुपर्ने उनीहरूको माग छ। बोल्सोनारो यसलाई हस्तक्षेप ठान्छन्। उनीहरूले आफ्नै देशको वातावरण सुधार्न काम गर्नुपर्ने उनको तर्क छ।

यो साता पनि बिना कुनै प्रमाण कुनै गैरसरकारी संस्था वा अभियन्ताहरूले उनको छवि बिगार्नलाई डढेलो लगाइरहेको हुनसक्ने अभिव्यक्ति दिएका छन्। स्पेस रिसर्च इन्स्टिट्युटले सार्वजनिक गरेको तथ्याङ्कलाई उनले गलत बताएका छन्। संस्थाको प्रमुखलाई तथ्याङ्को प्रतिरक्षा गरेकोमा भर्खरै बर्खास्त गरिएको छ।

(याे लेख एपीबाट नेपाली अनुवाद गरिएकाे हाे)

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...