बेल्जियममा रहेका योगेन्द्र श्रेष्ठले चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्ललाई भावकु पत्र लेखेका छन् ।

आत्मीय साथी दान
हाम्रो ६ बर्षसम्म बिधालयस्तरको पढाईमा हामी सङ्ग्सङ्गै रहयौ । एसएलसी दिँदा सम्म पनि हामी सहयात्री नै थियौ र हाम्रो मित्रता अत्यन्त सुमधुर थियो । एसएलसीपछि आक्कल झुक्कल हाम्रो भेट भएपनि पहिला जस्तो निरन्तर हुन सकेन ।
कलेज अध्यनसँगै तिमी प्रहरी सेवातर्फ लाग्यौ म मेरो बुबाले सम्हाल्दै आउनु भएको हाम्रो ब्यापारलाई निरन्तरता दिदैमा ब्यस्त रहे । समयको बहाब सँगै केहि बर्षपछि बिदेशमा आईपुगे । म अहिले बिदेश बस्न लागेको १६ बर्ष भयो । हाम्रो भेट नभएको, कुरा नभएको २५ औ बर्ष भयो । तथापि तिम्रो प्रगतिको खबर कहि न कहिबाट पाउथे खुशी लाग्थ्यो गर्व लाग्थ्यो ।
तिम्रो कर्तव्य परायणता, ईमानदारिताले होला देशको एक जिम्मेवार नेताको सुरक्षा इन्चार्ज भएर कर्तव्य निभायौ । अहिले आएर यस्तो गम्भीर षियमा तिम्रो नाम जोडिएको छ, तिनै जिम्मेवार नेतासँग रबि लामिछानेको खटपटको सहयोगी पात्र भयौ भनेर विभिन्न खाले मिडियामा छाएको छ । सामाजिक संजाल रंगिएको छ । तिमी माथी क्रुर भन्दा पनि क्रुर शब्द प्रयोग गरेर मान्छेहरु गालिगलौजमा उत्रिएका छन् । एक साथी हुनुको नाताले पिडा भएको छ मलाई ।
साथी तिमिले सत्यतथ्यमा आधारित रहेर कर्तव्य निभाउनु पर्छ । नेपाल प्रहरीको सत्य सेवा सुरक्षणमलाई डग्मगाउन नदेउ । नेपालका दलाल, माफिया, घुसखोर, गुण्डा, तस्करहरुको मुटु हल्लाई राज्यलाई सहयोग गर्ने देशभक्त रबि लामिछाने अहिले तिम्रो हिरासतमा छन् । तिम्रो अनुसन्धानमा सहयोग गरिरहेका छन् ।
तर तिम्रो अनुसन्धानले अपेक्षा गरे अनुसार गति लिन नसकेको आभाष भैरहेको छ । आखिर किन ढिला भैरहेको छ अनसन्धानमा ? यी र यस्ता प्रस्नले म गुम्सिरहेको छु । तर, मेरो भित्री मनले भन्छ रबि जि दोषी छैनन् र तिमी पनि यसको सत्यतथ्य पहिल्याउन सफल हुनेछौ ।
नेपाल प्रहरीप्रतिको जनताको भरोसा टुटनु हुदैन । रबि जि बिदेशमा अपठयारोमा परेका, दलालबाट बेचिएका चेलिहरुको उद्दारमा कटिबद्ध छन् । बिना सुरक्षा ज्यानलाई हत्केलामा राखेर प्रहरीकै साथी बनेर काम गरिरहेका छन् ।
राज्यको काम कुनै पनि घटनाको सुक्ष्म अनुसन्धान गरि सत्यतथ्य पत्ता लगाउनु हो, अनुसन्धान गर्दै जाँदा रबि लामिछाने दोषी ठहर्छन भने प्रचलित कानुन अनुसार उनी सजायको भागिदार हुनुपर्छ, तर ठूलै शक्ति लगाएर उसलाई फसाईदैछ जबर्जस्त दोषी बनाईदैछ भने यहाँ सत्य मर्छ कानुनको खिल्ली उडछ, यतिबेला तिमी सत्यकोको पक्षमा पहाड बनेर उभिनु पर्छ । तिमिले रबिलाई न्याय दिलाउनु पर्छ । तिमी कुनैपनी दलदलमा फसिनु हुदैन् ।
कुनैपनी नाजायज सक्तिसँग तिमी झुक्नु हुदैन । तिम्रो अनुसन्धान कहि कतैबाट प्रभावित हुनुहुदैन । यदी तिमिलाई दबाब छ र त्यो थेग्न सक्दैनौं भने छोडिदेउ जागीर, जसरी बिगतमा हामी जिएका थियौ भोलि पनि जिउन सक्छौ । प्रहरीको जागीर बिना तिमी मर्दैनौ तिम्रो परिवार पनि मर्दैन । नेपालका कानुनी कुरा तिमी धेरै बुझ्छौ म कम बुझ्छु ।अन्तमा यति नै भन्छु मैले अझैपनी तिमिलाई हामी स्कुल पढदा ताकाको मिलनसार, हसिलो, कोमल हृदयको सच्चा रविका बारे एसपी दान बहादुर मल्लका साथी योगेन्द्रले बेल्जियमबाट लेखे यस्तो पत्र

उनले आफ्नो बालसखा रहेका एसपी मल्ललाई सम्बोधन गर्दै आफ्नो सामाजिक संजालमा गम्भीर विषयमा एसपी मल्लको नाम जोडिएको र तिनै जिम्मेवार नेतासँग रवि लामिछनेको खटपटको सहयोग पात्र भएको भन्दै विभिन्न मिडियामा आएको बताउँदै भनेका छन्, ‘तिमी माथी क्रुर भन्दा पनि क्रुर शब्द प्रयोग गरेर मान्छेहरु गालिगलौजमा उत्रिएका छन् । एक साथी हुनुको नाताले पिडा भएको छ मलाई ।’
उनले मल्ललाई सत्यतथ्यमा आधारित रहेर कर्तव्य निभाउन अनुरोध गर्दै नेपाल प्रहरीको सत्य सेवा सुरक्षणमलाई डगमगाउन नदिन अनुरोध समेत गरेका छन् ।

‘साथी तिमिले सत्यतथ्यमा आधारित रहेर कर्तव्य निभाउनु पर्छ । नेपाल प्रहरीको सत्य सेवा सुरक्षणमलाई डग्मगाउन नदेउ । नेपालका दलाल, माफिया, घुसखोर, गुण्डा, तस्करहरुको मुटु हल्लाई राज्यलाई सहयोग गर्ने देशभक्त रबि लामिछाने अहिले तिम्रो हिरासतमा छन्, उनले भनेका छन्, ‘तिम्रो अनुसन्धानमा सहयोग गरिरहेका छन् । तर तिम्रो अनुसन्धानले अपेक्षा गरे अनुसार गति लिन नसकेको आभाष भैरहेको छ । आखिर किन ढिला भैरहेको छ अनुसन्धानमा ? यी र यस्ता प्रस्नले म गुम्सिरहेको छु । तर, मेरो भित्री मनले भन्छ रबि जि दोषी छैनन् र तिमी पनि यसको सत्यतथ्य पहिल्याउन सफल हुनेछौ ।’
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...