पत्रकार रबि लामिछानेलाई फसाउने षयन्त्र प्रचण्ड र एसपी मल्लले गरे ः जिउदो सहिद दुर्गा प्रसाद भट्टराई

wwwjerungfilmswwwjerungfilms 24 Aug 2019


जेरुङ फिल्मस संवादादाता,७,भदौ–काठमाण्डौं । विना पुर्जी निर्दोष पत्रकार रबि लामिछानेलाई पक्राउ गरेको प्रति पूर्व लडाकु जिउदो सहिद दुर्गा प्रसाद भट्टराईले आक्रोश पोखेका छन् । विना पुर्जी र अदालतको आदेश बिना सञ्चार गृहमा प्रवेश गरेर रबिलाई पक्राउ गर्नु प्रेस माथिको हमला मात्र नभएर प्रहरीको कार्यशैली नै दादागिरी र गुुन्दागर्दीको पारा भएको बताए ।

साथै उहाँले रबिको सर्मथनमा उत्रिएका आम नागरिक माथी ठठ्ठी बर्षाएर आतंक मच्याएको प्रति पनि खेद प्रकट गर्नु भयो । द्ववन्द्धकालमा आफूलाई पनि बिना कारण नै सेनाले आफ्नो एक करोडको सम्पति पनि खोसाएको र चरम यातना दिएको स्मरण गर्दै, देश र जनताको रक्षक हुँ भन्ने सेना र पुलिसको कार्यशैली नै कहिले पनि ठीक नभएको बताए । द्वन्दकालमा उनलाई सेनाले चरम यातना दिएर जिउदै खाल्डोेमा हालेका थिए ।

सेनाले पाँच सय लाश एउटै खाल्डोमा हालेको मध्ये सबै भन्दा माथि आफ्नो लाश परेको र त्यसको ३७ दिन पछि घाँस काट्ने क्रममा गाँउलेले आफ्नो औला चलि रहेको देखेर उद्धार गरि नयाँ संसार दिएको बताए । गरिबका छोराछोरीहरुले पचास प्रतिशत छुटमा पढ्न पाउनु पर्छ भनेर आवाज उठाउदा माऔबादी भन्दै अपहरण गरेको बताए ।

जिल्ला प्रशासन कार्यलय काठमाण्डौबाट आँखामा पत्ति बाधेर धादिङको तारेभिडमा पु¥याएको उनले बताए । सेनाको बुट,लाठी र करेन्टको सामना गर्दै नयाँ जिवन पाएका जिउदो सहिद दुर्गा प्रसाद भट्टराई वि. स. २०७२ सालमा जिउदो सहिद घोषना भएका थिए । तर त्यत्तिखेरको बिद्रोही माऔबादीको पक्षबाट राज्यले उनलाई अनेक यातना दिदा पनि पार्टीका कमाण्डर प्रचण्ड र बाबुरामले कुनै चासो नदिएको र घटनाको जिम्मा समेत नलिएको प्रति उहाँले खेद प्रकट गर्नु भयो ।

२०७० सालबाट आवाज उठाउँदा उठाउँदा बल्ल अहिले सरकारले जिउदो सहिद घोषणा गरेका यि व्यक्तिले अहिले रबिलाई पनि आफूलाई जस्तै विनाकारण षयन्त्रपूर्वक फसाउन खोजिएको बताए । त्यसमा पनि प्रचण्डको नै मुख्य हात रहेको बताउदै यो घटनामा सट्टा पक्ष समेत लागेको र जसको आटँमा भरौते पुलिसहरु पनि मरिमेटेको बताए ।

रबि दोषी हो भने त्यो पुलिसको कब्जामा रहेको मृतकको भिडियो बिना अनुन्धान बाहिर ल्याउनेलाई किन कार्वाही गरिएन ? होटलकलाई किन अनुसन्धानको कठघरामा ल्याएन ? मृतकको शरीरमा कसरी निलडाम देखियो ? अनि अनुसन्धान नसकि हतार हतार किन लाश जलाइयो ? यो हो पुलिस प्रशासनको निपक्ष काम ?

भनेर प्रश्न गरेका थिए । रबिलाई चाहीँ बिना प्रमाण समात्नु मिल्ने उनीहरुलाई चाहीँ नमिल्ने ? भनेर उनी निकै आक्रोशमा आएका थिए । बाँकी उहाँले बोलेका कुरा भिडियोमा देख्न सकिन्छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...