जेल फोडेर प्रहरी कार्यलयमा बम बिष्फोट गराउने जनताको चेतावनी ( भिडियो सहित )

wwwjerungfilmswwwjerungfilms 23 Aug 2019


जेरुङ फिल्मस संवाददाता,६,भदौ–काठमाण्डौं । पत्रकार रबि लामिछानेलाई निश्पक्ष रिहाई नगरे तिन करोड नेपालीले प्रहरी कार्यलयलाई तोडेर बम बर्षाउने आन्दोलन कारीहरुले चेतावनी दिएको छ । आन्दोलनले उग्र रुप लिए पछि गायक भिम कुसारी पनि सडकमा नै उत्रिएर निर्दोष रबिलाई नछाडे यो सरकार ढाल्ने चेतावनी दिए ।

गृहमन्त्री,प्रधान मन्त्री लगायत सबै सरकार नै असफल भई सकेको जनताहरुले सडकमा बताई रहदा गायक कुसारीले दुई तिहाईको डम्ब गर्न पाईन्न,लाखौ जनता भन्छन् यस्तो सरकार चाहिन्न भन्दै सरकारलाई ठाँडो चुनौती दिए ।

प्रचण्ड गर्मी छिचोल्दै हजारौं जनताले छाती ठोक्दै रबिलाई रिहाई नगरे हामीलाई पनि मार भन्दै सरकारलाई चुनौती दिए । यी जनताको आवाजलाई गायक कुसारीले रबिको पक्षमा जस्ताको तस्तै मार्मिक गिति लयमा सृजना गर्न ब्याए । यो कुनै काल्पनिक र बनावती नभएर तीन करोड नेपालीको आवाज मिसिएको यथार्थ गित बनेको छ ।

एकातिर पत्रकार रबि लामिछानेका सर्मथकहरु जेल फोडेर प्रहरी चौकीमा बम पडकाउने चेतावनी दिई रहेका छन् भने अर्काेतिर गायक भिम कुसारी र होम धिताल जनताको आवाजरुपी गितमा अभिनय गर्दै आन्दोलनकारीलाई शितलता दिने कोशिस गरि रहेका छन् । भिम कुसारीको शब्द लय र लक्षु प्रकाश मल्लको संगित रहेको गितलाई होम धिताल फिल्मस पा. लि. ले बजारमा ल्याएको छ ।

होम धितालको निर्देशन तथा मरुभूमि नारायणको छाँयाङ्कन रहेको सुमधुर गितको भिडियोलाई रोशन धितालले सम्पादन गरेको छ । गायक भिम कुसारी र निर्देशक होम धिताल आफैले अभिनय गरेका यो भिडियो निकै चर्चाको बिषय बनेको छ । यो भिडियोलाई होम धिताल फिल्मस पा.लि.ले आफ्नो युटयूब च्यानलमा आपलोड गरेको छ । खबरदारी र सन्देशमुलक यो भिडियो आम नेपालीको रोजाईको विषय बनेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...