मृगौला पीडित कञ्चना राई लाई थामडाँडा युवा कलवद्वारा सहयोग रकम हस्तान्तरण

wwwjerungfilmswwwjerungfilms 23 Aug 2019

 जेरुङ फिल्मस संवाददाता,६,  भदौ–काठमाण्डौं । मृगौला पीडित कञ्चना राई लाई थामडाँडा युवा कलवले सहयोग रकम सोमबार हस्तान्तरण गरेको छ । भोजपुर जिल्ला आमचोक गाँउपालिका निवासी, हाल बौद्ध काठमाण्डौंमा बस्दै आएकी साढे चार बर्षीय राई केही समयदेखि दुवै मृगौला फेल भएर थला पर्दै आएकी छिन् ।

उनको आर्थिक अवस्थालाई नाजुक देखेर थाम डाँडा युवा कलवले रु एक लाख दुई हजार पच्चिस रुपैया पत्रकार सम्मेलन गरि हस्तान्तरण गरेको हो । सो रकम पीडित वालिकाको बुवा रमेश राईले बुझेका थिए । उनले रकम बुझ्दै थाम डाँडा युवा कलवलाई धन्यबाद ज्ञापन गरे ।

आफ्नो आर्थिक अवस्था निकै कमजोर भएको कारण सानी छोरीलाई नयाँ संसार देखाउने मुख्य भूमिका सहयोगी संस्था र दाताहरुको हातमा नै रहेकोले फेरि पनि यस्तै अमूल्य सहयोग गरि रहन अपिल गर्नु भयोे । पीडितको भनाईलाई उदृत गर्दै, थाम डाँडा युवा कलवका उपाध्यक्ष किरण राईले आफूहरुको यो पहिलो चरणको अभियान मात्र रहेको बताउदै नानीको उपचार नभई सम्म निरञ्तर रुपमा नै लालि रहने बताए ।

उहाँले रकम हस्तान्तरण गर्दै आफ्नो संस्थाको निजीतर्फबाट मात्र नभएर देश विदेशमा रहेका तमाम सहयोगी दाताहरुबाट आफुहरुको पहलमा उठेको रकम हस्तान्तरण गरिएको पनि जानकारी गराए । आफूहरुको यो अपिललाई स्वीकार गर्दै पहिलो चरणको अभियानमा साथ सहयोग गरेकोमा उपाध्यक्ष राईले सबैलाई धन्यबाद दिनु भयो ।

अर्को कलवका महासचिव …ले सबै सहयोगी दाताहरुको नामवली पढेर सुनाएका थिए । उहाँले यो उठेको रकमले कञ्चना नानीको औषधी खर्चमा केही राहत मिल्ने बिश्वास व्यक्त गरे । उहाँले यो अभियान लामो समय चलाउदा पीडितको नाममा पैसा उठाएर ठक्न खोज्यो भन्ने नराम्रो सन्देश आम जनमानसमा जाने हुँदा पहिलो चरण अन्र्तगत ४५ दिन यो अभियान चलाउने पनि जानकारी दिनु भयो ।

त्यास पछि नानीको अवस्था हेर्छौ अनि फेरि पनि उपचार सम्भोव नभएमा दोस्रो चरणको अभियान थाल्छौं भन्नु भयो । त्यो अभियानमा पनि यसरी नै मानव हृदयबाट सहयोग गरिदिन पनि अग्रह गर्नु भयो । सबैको पहलमा रकम जुटाएर आज पीडितलाई हस्तान्तरण गर्न पाउँदा निकै खुशी लागेको अभियानकर्ता तथा सल्लाहकार आशकुमार राईले बताउनु भयो ।

नानीको दयनीय अवस्था देखेर आफनो सल्ला सुझाव अनि थाम डाँडा युवा कलवको पहलमा यो अभियान चालाएको उहाले बताउनु भयो । मृगौला जस्तो मृत्यू जीवनको दोषाद रोग सानोतिनो रकमले उपचार सम्भव नहुने बताउदै आफ्नै छोरीचेली सम्झेर सबैलईलाई सहयोग गर्न अपिल गर्नु भयो ।

कञ्चना नानीको एकदमै दयनीय अवस्था देखेर आफुु पनि यो लागेको युव सदस्य कुशल राईले बताउनु भयो । यो अभियानका सबै सदस्यहरुले नानीको नाम्मा रसिद काटेर अहिले आर्थिक संकलन गरिरहेको जनाउदैै आफ्नो इच्छा अनुसारको सहयोग गरिदिन सबैलाई आग्रह गर्नु भयो ।

Top of Form

Bottom of Form

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...