पूर्व सभामुख तथा माननीय सुवास नेम्वाङले सूचिउन्मुख आदिवासी जनजातिहरुका ४४ भन्दा बढी समुदायहरुलाई सुचिकरण गराउने प्रतिबद्वताका साथ सुभकामना दिनुभयो ।

जेरुङ फिल्मस सम्बादाता ३ भदौ, काठमाण्डौ । आज पूर्व सभामुख, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का वर्तमान उपनेता, कानून, न्याय तथा मानवअधिकार समितिका प्रतिनिधिसभा सदस्य माननीय सुवास नेम्वाङलाई सिंहदरबार स्थित उहाकै कार्यलयमा राष्ट्रिय आदिवासी जनजाति महासंघका टोलिले भेटवार्ता ग¥यो ।

सूचिउन्मुख आदिवासी जनजातिहरुका छाता संगठन राष्ट्रिय आदिवासी जनजाति महासंघ नेपालका केन्द्रिय अध्याक्ष चन्द्रसिंह कुलुङको नेतृत्वमा गएका महासंघ अन्तर्गत रहेका समुदाय प्रतिनिधि सदस्यहरु के.बि. वान्तावा, धिरेन सुस्तोचा बाहिङ, नैन सेताल्चु जेरुङ, उम बहादुर पाइजा पुन, अर्विन विस्वास (बिराट राजबंशी) सुमिना राजबंशी र शुक्र कुलुङ सहितका टोलि गएका थिए ।
राज्यबाट बहिस्करणमा पारिएका ४४ भन्दा बढी समुदायहरुलाई नयॉ राज्यको संरचना र संविधानमा उल्लिेखित कानुन बमोजिम र मानवअधिकार अनुरुप भाषा, संस्कृति, परम्परागत भेषभुषा, रितिरिवाज र लिखित अलिखित इतिहास, भुगोल र समान मापडण्द भएका लोपन्मुख, सिमन्तकृत अल्पसंख्याक तथा सुचिउन्मुख समुदायहरुलमई यथासिघ्र सुचिकरण गरीयोस भनि महासंघका अध्याक्ष चन्द्रसिंह कुलुङले ज्ञापनपत्र बाचन गरी प्रतिनिधिसभा सदस्य माननीय सुवास नेम्वाङज्यूलाई ध्यानाकर्षण गरी ज्ञाजनपत्र बुझायो ।

प्रतिनिधिसभा सदस्य माननीय सुवास नेम्वाङले भन्नु भयो, सुचिकरण विषयबारे राम्रोसंग जानकारी भएको र धेरै माननीयहरुबाट पनि यस विषयलाई चर्चा परिचर्चा गरी सुचिकरण गर्नु पर्ने धारण आएको छ । त्यसकारण म यो विषयलाई आफनो तर्फबाट गर्नुपर्ने सबैखाले कानूनी प्रकृया मिलाई जतिसक्दो चाडो सुचिकरण गराउनेछु भनि प्रतिबद्वताका साथ सुभकामना पनि दिनुभयो ।

राष्ट्रिय आदिवासी जनजाति महासंघले सबै आदिवासी जनजातिको हक हितका लागि विशेष गरी आदिवासी जनजातिमा सूचिकृत हुन छुट भएका र सूचिकृत हुन चाहने सूचीउन्मुख निम्न समुदायहरुको साझा सवालको वकालगत गराउन विशेष पहलको लागि स्थिापित एक संस्था हो भनि महासंघका अध्याक्ष चन्द्रसिंह कुलुङले जानकारी दिनुभयो ।
सुचिउन्मुख समुदायहरुको लिस्ट निम्न अनुसार रहेकोछ ।

०१. विराट–राजवंशी ०२. देवान ०३. खवास ०४. राजधामी ०५. बाहिङ ०६. मुडियारी ०७. मेवाहाङ ०८. खालिङ ०९.बान्तवा १०. साङपाङ ११. थुलुङ १२. चाम्लिङ १३. नाछिरिङ १४. जेरूङ १५. कठरियाथारू १६. कुम्हार ९प्रजापति० १७. डोने १८. घले १९. पुन २०. आठपहरिया २१. याम्फू २२. लोहोरूङ २३. कुलुङ २४. मुण्डा २५. खडिया २६. कोच २७. केवरत २८. केवट

२९. गोंड ३०. गडेरी (भेडिहर) ३१. कुर्मि ३२. निषाद (मल्लाह) ३३. रानाथारु ३४. सोनाहा ३५. खुनाहा ३६. कार्मारोङ ३७. लिमि ९लिमियँ० ३८. ट्हूक्चुलुङ ३९. न्हिन्वा ९निम्बा० ४०. ह्यूलछोदून ४१. अमात ४२. थपल्या व्यासी ४३. ङिस्याङ ४४. घ्याल्सुम्दु नार्पा रहेका छन

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...