चार साहित्यक स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न

wwwjerungfilmswwwjerungfilms 20 Aug 2019

जेरुङ फिल्मस संवाददाता,२,भदौ काठमाण्डौं । राजधानी काठमाण्डौंमा चार साहित्यक स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ । शनिबार लाजिम्पात डिल्लीरमन पुस्तकालयमा सो कार्यक्रमको आयोजना गरिएको हो । गतिशिल साझा साहित्य आवाजले आयोजना गरेको कार्यक्रममा चार साहित्यक स्रष्टा गुञ्जिएका हुन् ।

कार्यक्रममा गजलकार मानुषी रेग्मी, मुक्तककार ऋषि सापकोटा,कवि विनोद खत्री र गजलकार निर्दोष क्षेत्रीले रोचक कविता, गजल र मुक्तक वाचन गरेर सुनाएका थिए । यी चार स्रष्टाहरुले साहित्यको मीठास रस पस्किरहदा हलभरि वावा र ताली फर्फराएका थिए । स्रष्टाहरुको साहित्य धुन हलमा गुञ्जिदा साहित्य पारखी र दर्शकहरु निकै उत्साहित देखिएका थिए ।

सोही अवसरमा नव प्रतिभा साहित्य पारखी मनहरुले पनि आ–आफ्नो रचना वाचन गरेर सुनाएका थिए । साहित्य अनुराँगीहरुको बाग्लो उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा विभिन्न विधाका साहित्य पारखी मनहरुको उपस्थिति रहेका थिए । सोही अवसरमा अभिलाषा संयुक्त गजल संग्रह पनि विमोचन गरिएको थियो ।

यसै कार्यक्रमको बिच चार स्रष्टा लगायत विभिन्न साहित्य जगतका ब्यतित्वहरुलाई सम्मान पनि गरिएका थिए । दर्शकहरुको बाग्लो उपस्थितिलाई सम्बोधन गर्दै साहित्यकार राजन न्यूपानेले आकर्षक ढङ्गबाट कार्यक्रमलाई सञ्चालन गर्नु भएको थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...