एसपी दानबहादुर मल्ललाई निलम्बनको माग सहित आईतबार राजधानी काठमाण्डौंमा रबि लामिछानेका सर्मथकहरुद्वारा विशाल जुलुस

wwwjerungfilmswwwjerungfilms 19 Aug 2019

जेरुङ फिल्स संवाददाता,२,भदौं–काठमाण्डौं । आईतबार राजधानी काठमाण्डौंमा न्यूज 24 टेलिभिजनका पत्रकार रबि लामिछानेका सर्मथकहरुले विशाल जुलुस निकालेका छन् । रवि लामिछानेसँगै काम गरेका पूर्व सहकर्मी स्व शालिग्राम बुढा सैनीले चितवनको कंगारु होटलमा गरेको आत्मा हत्याको विषयलाई लिएर अनुसन्धानका लागि भन्दै प्रत्रकार रबिलाई प्रहरीले नियन्त्रणमा लिए पछि घटनाले उग्र रुप लिएको हो ।

देश ब्यापी रुपमा नै रबि लामिछानेकोे पक्षमा प्रदर्शन र जुलुस निकाल्न थालिएको छ । आईतबार विभिन्न नाराका साथ रबिका सर्मथकहरु माईतीघर मण्डलामा उत्रिएका थिए । उनीहरुले प्रधान मन्त्रि ओली र चितवन प्रहरी कार्यलयका एसपी दान बहादुर मल्लको विरुद्धमा चर्को नाराबाजी गरेका थिए । एसपी मल्ल मुर्दाबाद,एसपी मल्ल होरियार र मल्ललाई निलम्बन गर जस्ता नाराजुलुस गरेका थिए ।

साथै प्रधान मन्त्रि केपी ओलीको विषमा पनि मुर्दाबाद र गद्धार नेता चाईदैन जस्ता नारा घन्काएका थिए । रबि लामिछानेकोे पक्षमा निश्पक्ष छानबिन गर्नुपर्छ भनेर यतिखेर आमजनसागर सडकमा उर्लिएको छ । रबिको शरीरमा निल डाम देखिएको र डोरीमा झुण्डिएको मृतकको घाटीँ तन्किएको अवस्थामा हुनुपर्ने किन घाटीँ खुम्चियो भनेर पनि आम जनमानस र रबि सर्मथकको प्रश्न रहेको छ ।

यतिखेर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु पनि आई रहेका छन् । एकातिर निलडाम भएको मृतकको शरीरलाई पोष्टमार्टम नगरी किन हतार हतार जलायो ? र भिडियो सार्वजनिक गर्नेलाई किन अनुसन्धानको डायरामा ल्याएन भनेर पनि प्रहरीको कार्यशैली प्रति नै प्रश्न उठाउन थालिएको छ । केहि दिन अगाडी पाँच दिनका लागि अनुसन्धानको म्याड थपिएको थियो । जुन समय सिमा सोम्बार सकिदैछ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...