नेवार समुदायमा गाई जात्राको रौनक्ता,कहाँ के हुदैं ?

wwwjerungfilmswwwjerungfilms 16 Aug 2019


जेरुङ फिल्मस संवाददाता, संवाददाता,३१,साउन–काठमाण्डौं । आज देशभर नेवार समुदायले गाई जात्रा मनाउने भएको छ । आजको दिनदेखि चल्ने यो पर्व आठ दिनसम्म मनाउँछन् । भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । भक्तपुरमा आठ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ । जहाँ एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर न

पुगेका बालबालिकाको साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाई नगर परिक्रमा गरिन्छ ।


घिन्ताङघिसीको साथै माँक प्याखँ अर्थात् बाँदर नाच यहाँको अर्को विशेषता हो । मृतकको सुकीर्ति झल्काउने करुण रसयुक्त गीति लीला रामायणसमेत प्रदर्शन गर्ने चलन छ ।
गाई वा ताहामचा वनाई नगर परिक्रममा गराउनेलाई श्रद्धालुहरुले फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्दछन् ।


गाइजात्राको अवसरमा तलेजु स्थानवाट कुखुरा नबास्दै पहिलो तलेजुको ताहामचा वनाई नगर परिक्रमा गराइन्छ । त्यसपछि मृतक आफन्तको सम्झनामा उनीहरुको प्रतीक ताहामचा वनाई नगर परिक्रमा गरिन्छ ।

वर्र्षभरि दिवंगत भएकाहरुको सम्झनामा परिवारजनले बालकलाई गाईको प्रतीकको रुप दिएर शहर परिक्रमा गराउने चलन छ ।


यसो गर्दा दिवंगत व्यक्तिले बैतरणी सजिलै तर्नसक्ने र परलोकमा मोक्ष मिल्ने धार्मिक विश्वास रहेको छ । पछिल्लो समय गाईजात्रालाई मनोरञ्जनको रुपमा समेत लिईंदै आएको छ । आजैका दिनमा मुलुकमा रहेका विकृति विसंगति विरुद्ध चोटिन व्यंग्य गर्ने चलन समेत रहेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...