प्रधानमन्त्री निवास अगाडि बालुवाटारमा धर्ना : लोकसेवाको विज्ञापनविरुद्ध दोस्रो दिन पनि धर्ना र प्रदर्शन

wwwjerungfilmswwwjerungfilms 14 Aug 2019

काठमाडौं, २९ साउन । लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी नभएको भनेर विगत केही समयदेखि काठमाडौंको माइतिघरमण्डला लगायतका स्थानमा विभिन्न जातीय संघसंस्थाले विरोध तथा प्रदर्शन गर्दै आइरहेका छन् ।

यसै क्रममा बुधबार पनि बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि आरक्षण बचाऔँ आन्दोलनको अगुवाइमा विभिन्न सांस्कृतिक कार्यक्रमको साथ धर्ना र प्रदर्शनमा गरिएको छ ।

नेपाल अदिवासी जनजाति महासंघ, दलित गैरसरकारी संस्था महासंघ, तराई मधेश राष्ट्रिय परिषद् लगायत विभिन्न जातीय संघ संस्थाहरुले देशैभर लामो समयदेखि लोकसेवा आयोगको असमावेशी विज्ञापन विरूद्ध आन्दोलन गर्दै आएको छ । विज्ञापनले समानुपातिक समावेशितालाई नै खतरामा पुर्याएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

बुधबारको कार्यक्रममा नृत्य, कविता वाचनको साथ ओली सरकार मुर्दावाद, समानुपातिक समावेशी कायम गर, असमावेशी विज्ञापन खारेज गर, लालबाबु पंडित मुर्दावाद आदी नाराहरू गितको माध्यमबाट गाएर धर्ना कार्यक्रम सम्पन्न भएको छ ।

यसै क्रममा तराई मधेश राष्ट्रिय परिषद सदस्य राजु महतोले जोशीला भाषण पनि दिएका थिए भने मुश्लिमको तर्फबाट कौशर साहले आफ्नो मांग पुरा नभए आन्दोलन अझ शसक्त बनाउने भनाईको साथ कार्यक्रम समापन गरेका थिए ।

आरक्षण बचाऔं आन्दोलनले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अनुसार यहि साउन ३२ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गरिने कार्यक्रम रहेको आन्दोलन परिचालन समितिका सदस्य सरोज रायले जनाएका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...