चलचित्र जगतमा उदाउदो तारा बने राज चाम्लिङ, अत्बुत कला र प्रतिभाले शिखर चुम्दै

wwwjerungfilmswwwjerungfilms 13 Aug 2019

२८,साउन–काठमाण्डौं । पूर्वीय नेपालको पाँचथर फिदिम्मा जन्मेका राज चाम्लिङ एक बहुमुखी प्रतिभाशाली छवि भएका कलाकार हुन् । सानै उमेरदेखि गति संगित तथा कलाकारिता जगतमा रमाउने सुनौलो सपना बोकेका राई वि. स. (२०६६ सालबाट लिम्बु संस्कृतिमा आधारित फिल्म “सुर्केफुङ” को निर्देशन यात्रा बाट यस क्षेत्रमा प्रवेश गरेका हुन् ।

प्रकृतिको काखमा रमाउन र मिलनसार व्यवहारले हजारौ दर्शकको मनलाई मोहनी लगाउन सक्ने गुण भएका चाम्लिङ्ले छोटो समयमा नै मोफसलबाट छलाङ् मार्दै नेपाली चलचित्र जगतमा नै ठूलो फन्को मारेको छ । चलचित्र उधोगमा छुट्टै पहिचान स्थापित गर्ने लक्ष्यका साथ यतिखेर उहाँ पूर्ण तयारीमा जुतेका छन् ।

जसको उदाहरण हो, भर्खरै मात्र सुम्हालुङ फिल्मस प्रा.लि.को व्यानरमा प्रेमराज लावतिद्वारा निर्मित नेपाली कथानक”चलचित्र बैनाबट्टा” मा निदेर्शन गरि सकेका छन् । विभिन्न म्यूजिक भिडियो,डकुमेन्ट्री,लघु चलचित्र,सर्ट मुभी जस्ता सयौ भिडियोहरुमा निर्देशन गरि सकेका चाम्लिङले अहिले भने ठुलै मुभीमा डेब्बु गरेका हुन् ।

ठूलो पर्दाको मुभीमा पहिलो चोटी आफ्नो क्षेमता प्रर्दशित चलचित्र बैनाबट्टालाई चाडै नै प्रदर्शन गर्ने तयारीमा लागि परेको निर्देशक चाम्लिङले बताए । चलचित्र जगतमा राम्रै अनुभव बटुलिसकेका चाम्लिङ फेरि छिट्टै नयाँ चलचित्रको तयारीमा लाग्ने भएका छन् । अव निर्माण हुने ब्यबसायिक चलचित्रको नाम तय नभई सकेपनी स्क्रिप्ट लेखन र गीत रेर्कडिङको काम भाईरहेको चाम्लिङले जानकारी दिए ।

बहुमुखी प्रतिभाको धनि राज चाम्लिङ निर्देशक मात्र नभएर संगितकार,गितकार,रचनाकार तथा कथा वस्तुलाई मीठो भाषा शैलीमा ढाल्न सक्ने खुबी भएका एक कथाकार पनि हुन् । यसको ज्वलन्त उदाहरण हो बैनाबट्टा चलचित्रमा कथा लेखन, निर्देशन,शब्द संगित समेत आफैले नै गरेका हुन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...