डा. बाबुराम भट्टराई : आदिवासीहरुको अधिकार अब खोसिदै जानेछ .

wwwjerungfilmswwwjerungfilms 10 Aug 2019

काठमाडौं– समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी दिनमा आदिवासीहरुको अधिकार अझै खोसिदै जाने भन्दै होसियार रहन आग्रह गरेका छन् ।

२५औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रबार माइतीघर मण्डलामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले लोकसेवा आयोगको संविधान विपरीतको विज्ञापनको प्रसंग जोड्दै सो कुरा बताएका हुन् ।

भट्टराईले भने, संविधानमा समावेशीका केही विषय लेखिएका थिए । त्यसलाई पनि अहिले सत्तामा हुने केही मानिसहरु जो वास्तवमा संघीयताविरोधी थिए, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताको विरोधमा थिए,

जो आन्दोलनको बलमा मात्रै तानिएर आएका थिए, दुर्भाग्य भनौ, हाम्रो कमजोरी भनौ, संयोग भनौ, तिनै मान्छेहरु अहिले सत्तामा हालीमुहाली गरिरहेका छन् । उनीहरु संघीयता कार्यान्वयन गर्ने पक्षमा छैनन् । हालैको लोकसेवा आयोगको जुन संविधान विपरीतको विज्ञापन थियो, त्यसलाई पनि उनीहरु मलिन पार्ने गरी आए । यसले के देखिन्छ भने यो संविधानले दिएका अधिकार पनि विस्तारै खोसिदैछन् । जानीजानी अधिकार खोसिदैछ । होसियार रहनुस् आगामी दिनमा तपाईहरुको अधिकार खोसिदैछ ।

 यसको हल भनेको दश प्लस एक प्रदेशमा आधारित संघीय ढाँचामा नगएसम्म तपाईहरुको अधिकार पूरा हुनेवाला छैन । यसलाई तपाईहरुले गाठो पारेर राख्नुहोस् । त्यसका लागि आगामी दिनमा तपाईहरुले संघर्ष गर्नैपर्छ, हामी साथमा छौ ।

उनले संविधानसभाको राज्य पुनःसंरचना समितिको प्रतिवेदन र सबै दलनिकट विज्ञहरु सम्मिलित राज्य पुनःसंरचना आयोगले सिफारिस गरेबमोजिम दश प्लस १ प्रदेशको संघीयता स्थापित नभएसम्म आदिवासीहरुले अधिकार प्राप्त गर्न नसक्ने बताए ।

उनले भने, ‘संविधानसभाको राज्यको पुनसंरचना समिति र मेरै प्रधानमन्त्रित्वकालमा अन्तरिम संविधान बमोजिम बनेको सबै पार्टीका स्वतन्त्र विज्ञहरु रहेको राज्य पुनसंरचना आयोगले जुन सिफारिस गरेको थियो, १ प्रतिशतभन्दा बढी जनसंख्या भएको जातिहरुको थातथलो मिल्नेगरी स्वायत्त प्रदेश र १ प्रतिशतभन्दा कम जनसंख्या भएकाहरुको निम्ति स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र गरेर यो देशलाई पुनसंरचना गर्ने जुन सिफारिस थियो, त्यो प्राप्त नभएसम्म नेपालका आदिवासीहरुको अधिकार प्राप्त हुँदैन ।’

पहिचानसहितको संघीयता स्थापित भएमात्रै आदिवासीहरुको भाषा, संस्कृतिको विकास हुने भट्टराईले बताए ।
उनले भने, तपाईहरुले आफ्नाे संघीय प्रदेश लागू गरेपछि मात्रै त्यसभित्र आफ्नाे भाषा लागू गर्न सक्नुहुन्छ, संस्कृतिको संरक्षण गर्नु सक्नुहुन्छ, आफ्नाे आर्थिक विकास गर्न सक्नुहुन्छ ।

आफूले आदिवासीहरुको आन्दोलन सांस्कृतिक पहिचानको पक्ष मात्रै हो भन्ने तर्क गरिएका केही विज्ञका लेखहरु पढेको भन्दै नेता भट्टराईले सांस्कृतिक पक्ष भएपनि त्यसमा राजनीतिक, आर्थिक, सामाजिक पक्षहरु जोडिएर आउने बताए ।
उनले भने, सांस्कृतिक पक्ष त हो तर सांस्कृतिक पक्ष मात्रै होइन । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षहरु जोडिएका हुन्छन् । र त्यसमा राजनीति नै एक नम्बरमा हुन्छ । जबसम्म तपाईको हातमा सत्ताको अधिकार हुँदैन तपाईहरुका अरु पनि अधिकार विस्तारै खोसिदै जान्छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...