सांसद मिन बहादुर विश्वकर्म : सूचिउन्मुख आदिवासी जनजातिका समुदायहरु राज्यले तत्काल सुचिकृत गर्नुपर्छ र सामाजिक न्यायको हक कार्यान्वयन गर्नुपर्छ ।

wwwjerungfilmswwwjerungfilms 10 Aug 2019

२४ साउन, धरान । २५ औं विश्व आदिवासी दिवसको सन्दर्भमा राष्ट्रिय आदिवासी जनजाति महासंघ, धरान नगरसमितिले शंकरदास मेवाहाङको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिकारुपमा उपस्थित प्रतिनिधिसभा सांसद मिनबहादुर विश्वकर्मले संविधानको धारा–४२ मा उल्लेख गरिएको सामाजिक न्यायको हक कार्यान्वयन गर्न सूचिउन्मुख आदिवासी जनजातिहरुलाई तत्काल राज्यले सूचिकृत गर्नुपर्ने बताएका छन् ।

उक्त कार्यक्रमको उद्घाटन किराती विधिबाट सेउलाबाट पवित्र जल तीनपटक छर्केर, चिम्फिङको धुप धुवाँर गरी प्रमुख अतिथिबाट गरिएको थियो । किराती उद्घाटन विधिको व्याख्या नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका केन्द्रीय वरिष्ट सल्लाहकार विरचन्द्र रीन्हो कुलुङबाट गरिएको थियो ।

२५ औं विश्व आदिवासी दिवसको मूल विषय ‘आदिवासी जनजातिका भाषा’ मा केन्द्रीय रही कुलुङ, देवान, विराट–राजवंशी, खवास, राजधामी लगायतले आफ्ना मातृभाषामा ‘समृद्ध नेपाल र सुखी नेपालीका लागि आदिवासी जनजातिका भाषाको भूमिका’ विषयमा वक्तव्य दिएका दिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, विराटनगरका क्षेत्रीय प्रमुख मोहन जोशीले सहभागिहरुलाई आदिवासी जनजातिका मानवअधिकार सम्बन्धी अभिमुखीकरण गराएका थिए । मानव अधिकारले हरेक व्यक्ति तथा समुदायलाई सम्मानपूर्वक, मर्यादापूर्वक र पहिचानका साथ स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको वकालत गर्दछ ।

नेपाल आदिवासीका अधिकारसम्बन्धी अन्तराष्ट्रिय श्रम संगठन महासन्धि संख्या १६९ र आदिवासी जनजातिका अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र समेतको पक्ष राष्ट्र भएकोले तिनीहरुमा उल्लेखीत अधिकार राज्यले प्रदान गर्नुपर्ने जनाएका थिए ।

कार्यक्रममा विश्व आदिवासी दिवस किन मनाउने भन्ने विषयमा राष्ट्रिय आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष चन्द्रसिंह कुलुङले प्रकास पारेका थिए ।

त्यसैगरी महासंघका महासचिव तथा खवास समाज परिषदका महासचिव कुमार विक्रम खवास, महासंघका सदस्य तथा विराट–राजवंशी उत्थान संघका प्रतिनिधि सन्तोष विराट–राजवंशी, किरात देवान समाजका केन्द्रीय कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद देवान, नेपाल राजधामी उत्थान विकास मञ्चका केन्द्रीय सल्लाहकार डिल्लीराम राजधामी र नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका केन्द्रीय सल्लाहका महन्त राजीत्ती कुलुङले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।

कार्यक्रमक्रमलाई रोचक बनाउन कुलुङ समुदायका तोस् सील नृत्य कुलुङ भेषभुषामा सजिएका कलाकारहरुले प्रदर्शन गरेका थिए भने राजधामी समुदायका एलिना राजधामीले राजधामी भाषो गीत संगीतमा नृत्य प्रदर्शन गरेका थिए ।

सूचिउन्मुख आदिवासी जनजातिका समुदायहरु – कुलुङ, मेवाहाङ, बाहिङ, राजधामी, देवान, लोहोरूङ, याम्फू, खालिङ, जेरुङ, नाछिरिङ, खवास, विराट–राजवंशी, मुडियारी, साङपाङ, बान्तवा लगायत ४४ जातिहरु आदिवासी जनजाति सूचिकरण अभियानमा गोलबन्द भएकाछन् । कार्यक्रमको संचालन राष्ट्रिय आदिवासी जनजाति महासंघ, धराननगर कमिटिका सचिव मनिकुमार कुलुङ –अशोक ले  गरेका थिए  जनकारी गराए ।

 साभार ः आम्लबुङ मेवाहाङ्गको फेसबसक पेजबाट  ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...