आर्क ब्रिज’ मा गुड्न थाले गाडी, हट्यो मुग्लिङमा जीर्ण पुलको जोखिम

wwwjerungfilmswwwjerungfilms 2 Aug 2019

काठमाडौं – तनहुँ र चितवन जोड्ने त्रिशुली नदीमाथि ‘आर्क ब्रिज’ सञ्चालनमा आएको छ। निर्माण सकिएको लामो समयपछि प्राविधिक परीक्षणका लागि पुल सञ्चालनमा आएको हो।

दुई दिनयता नयाँ पुलबाट आवतजावत सुरु भएको हो। लोहनी एड्भेन्चर जेभीले वैशाख अन्त्यमा पुल तयार पारे पनि पुलसँगको पहुँच मार्ग तयार नभएकाले सञ्चालनमा आउन सकेको थिएन।

असार दोश्रो साता बाटो केही समय अवरुद्ध गरेर बाटो निर्माणको काम थालिएको थियो। बाटो निर्माणलगत्तै पुलमा जोडिएका निर्माण सामग्री हटाएर पुललाई परीक्षणस्वरुप सञ्चालनमा ल्याइएको कम्पनीका मोतिलाल शर्माले जानकारी दिए। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

‘पुल उद्घाटन त गरिएको छैन,’ उनले भने,‘तर परीक्षणका रुपमा सञ्चालन थालिएको हो।’ पुल सञ्चालनमा आए पछि यसले पुरानो र जीर्ण पुलमार्फत हुँदै आएको जोखिमपूर्ण यात्रा हट्नेछ।

हाल सञ्चालनमा रहेको पुलले एक पटकमा दोहोरो सवारी आवतजावत थेग्न नसक्ने भएकाले पालैपालो सञ्चालन गर्नुपर्ने अवस्था छ। अब नयाँ पुलको परीक्षण सकिएपश्चात सञ्चालनमा आउनेछ। नयाँ पुलको उद्घाटनपश्चात पुरानो पुललाई विस्थापन गर्ने सडक विभागको योजना छ।

पृथ्वी राजमार्ग बन्दाताका तयार भएको पुलको आयु सकिनै लाग्दा नयाँ पुल तयार भए पछि अब जोखिमपूर्ण यात्रा हट्ने ठानिएको छ। हल्लने पुरानो मुग्लिङ पुलमा विगतमा चिप्लिएर कैयौं मोटरसाइकल दुर्घटना भएका थिए।

नेपाली प्रविधिको ‘नमूना पुल’

हाल अस्तित्वमा रहेको ‘सिंगल लेन’ को पुल जीर्ण बन्दै गए पछि त्यसको ठाउँमा प्रयोगमा ल्याउने गरी सडक विभागअन्तर्गतको पुल महाशाखाले नयाँ प्रविधिको पुल निर्माण थालेको थियो। झण्डै ११ करोड लागतमा निर्माण थालिएको चिनियाँ प्रविधिको पुलको मुख्य भाग १२० मिटर लामो छ।

पुलको छेउमा दुईतर्फ गरी ४० मिटर भाग थपिएको छ। यसअघि कालीगण्डकीमा ८० मिटर लामो पुल बने पनि हाल बन्दै गरेको पुल नेपालमै ‘आर्क’ प्रविधिमा लामो बनेको सडक विभागका योजना प्रमुख रामहरि पोख्रेलले बताए। पुलको डिजाइन तथा निर्माणमा नेपाली प्राविधिक नै संलग्न छन्।

पुलको जग बलियो भएको र बढी भार थेग्ने खालको ‘ल्यान्डमार्क’ बनेको निर्माण कम्पनीका शर्माले बताए। अब ठूला नदीमा यस्ता बलिया पुल बनाउन नेपाली कम्पनी र प्राविधिक सक्षम बनेको उनको दाबी छ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...