चलचित्र बिकास बोर्ड । मातृभाषा चलचित्र प्रबद्र्धन समितिद्वारा आयोजित आदिवासी जनजाति चलचित्रकर्मी संघ संस्थाहरुको रणनितिक योजना तर्जुमा तथा क्षमता बिकास तालिम धुलिखेल स्थित धुलिखेल इको रिसोर्टमा सम्पन्न भयो ।

wwwjerungfilmswwwjerungfilms 1 Aug 2019

जेरुङ फिल्मस्  सम्बाददाता १६ श्रावन  बिहिबार  काठमाण्डौ । आदिवासी जनजाति मातृभाषा  चलचित्र प्रबद्र्धन समितिद्वारा आयोजित  कर्यक्रम धुलिखेल स्थित धुलिखेल इको रिसोर्टमा  श्रावन १३ गते सोमबार देखि  १५ गते बुधबारसम्मको ३ दिने  आदिवासी जनजाति चलचित्रकर्मी संघ संस्थाहरुको रणनितिक योजना तर्जुमा  तथा क्षमता बिकास तालिम  सफताको साथ सम्पन्न भयो ।

आदिवासी जनजाति चलचित्र महासंघ भित्र रहेको भाषिक १४ वटा संस्थाहरु मध्य ११ वटा संस्थाका पदधिकरीहरु, आदिवासी जनजाति मातृभाषा  चलचित्र प्रबद्र्धन समितिको संयोजक सुर्य प्रकास चेम्जोङ , चलचित्र बिकास बोर्डका सदस्य  सचिव, हरि सिंह रैखोला, सदस्यहरुमा  भोज बहादुर गुरुङ, जयन कुमार मोक्तान, विवश कुमार माझी, अनुका राई, हस्त बहादुर लिम्बु, सुसान्त श्रेष्ठ, स्रोत व्यक्तिहरुमा प्याफका पुर्व प्रमुख, नहकुल के.सी, विजयरत्न तुलाधर, प्रो.डा. विष्णु घिमिरे र नन्द नेम्वाङ  थियो ।

आ/ज. मा .च.प्र.स.का पूर्व संयोजक यूवराज मास्की मगर, आ/ज.च.म.का  पूर्व अध्यक्ष प्रतिमाया पुन, महासंगका महासचिव पुर्खाजित राईको  उपस्थितिमा  १३ गते आदिवासी जनजाति चलचित्र महासंघको अध्याक्ष अमृत सुनुवारको प्रमुख अतिथ्यतामा कार्यक्रमको उदघाटन भएको थियो भने १५ गाते चलचित्र बिकास बोर्डका अध्याक्ष केशब भट्टराईको प्रमुख अतिथ्याता कर्यक्रम समापन भएको थियो ।

बोर्डका अध्यक्ष केशब भट्टराईले कार्यक्रमको  आदिवासी जनजाति मातृभाषी चलचित्र कर्मीहरुलाई  सम्बोधन गर्दै भने तपाईहरुबाट हरेक कार्यक्रमा प्रमुख अतिथि  भएर आउनु पर्ने तर  सधै गालि मात्र खानु पर्ने थियो भने यस कार्यक्रमा गाली खानु परेन भनि प्रसन्सा गर्नुभयो ।

सधै सबै आदिवासी  मातृभाषी, सास्कृतिक, परमपरागत मान्यता अनुसार बनेका तपाइहरुको फिल्मलाई बजारीकरण, अवार्ड, अन्तराष्ट्रियकरण गर्ने नीति ऐन निर्माण गरी सुचना तथा संन्चार मन्त्रालयामा पेश गरी कार्यन्वायन गर्ने प्रतिबद्वता  जनाएको थियो । मातृभाषी चलचित्र सेन्सर समितिमा  ३ जना आदिवासी जनजाति कोटा राखिसकेको निर्णय समेत जानकारी गरेको थियो ।

तिन दिनसम्म चलेको  मातृभाषाका चलचित्रहरुको अवस्था, बजारीकरण,  राज्यको नीति,  अन्तराष्ट्रिय  बजार,  गुणस्तरीय चलचित्र निर्माण,  र साना ठूलाहलहरुमा प्रदर्शन गर्नु पर्ने विषयमा बृहत छलफल र  नीति नियम र कार्य योजना बनेको थियो । भने यस नीतिमा लोपन्मुख, सिमन्तकृत, सुचिउन्मुख, अतिसिमन्तकृत समुदायहरुलाई प्राथामिकतामा राखिनु पर्ने र भाषा आयोगले तयार पारेको भाषा सुचिलाई आधार मानि सबै अ/ ज मातृभाषाहरुलाइृ सम्मान हुने कार्य योजना तयबारे बहस भएको थियो । 

प्रो.डा. विष्णु घिमिरे ले डायसफोरा सम्बन्धिको  अवस्था र स्थितिको बारेमा  प्रशिक्षण गर्नु भएको  थियो । विजय रत्नतुलाधरले आदिवासी जनजाति चलचित्रहरुको प्ररम्भिक कथिनाई, राज्यको दमन, र इतिहास बारे प्रशिक्षित गराएको थियो  र  नन्द नेम्वाङले  आय व्याय र वासलत तथा राज्यको खर्च प्रणाली सम्बन्धि  जानकारी  गरेको थियो ।

प्रमुख श्रोतव्याक्ति नहकुल केसीले  तिनै दिन संस्थागत बिकास, रणनीति, कार्ययोजना, निर्माण, बजारकिरण, चुनौति, प्रदर्शन, राष्ट्रिय, अन्तराष्ट्रिय, महोत्सव, कानूनी अवस्था र नविकरण तथा व्यवस्थापन सम्बन्धि प्रशिक्षित गराउनु भएको थियो भने सो कार्य योजनाको चार्ट पेपरमा विद्यागतरुपले गृहकार्य समेत गराउनु भएको थियो ।

तालिमको समय अवधि ३ दिन भए पनि  अन्तिम निष्कर्ष रिपोर्ट तयारी नभएकोले १६ गते सम्म आयोजक समिति, श्रोत व्याक्ति, विज्ञ र सस्थाका प्रमुखहरु बसेर पूर्ण तालिमको कार्यविधि प्रतिवेदन तयर पार्यो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...