पर्यटन मन्त्री भट्टराई : पैसा तिरेर बधाई नदिनू मलाई आइस्यो गैस्यो नभन्नू

wwwjerungfilmswwwjerungfilms 31 Jul 2019

काठमाण्डौ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  योगेश भट्टराईले मन्त्रालयमा आफूलाई आइस्यो गैस्यो भनेर सम्बोधन नगर्न आग्रह गर्नुभएको छ  ।

सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा कार्यभार सम्हाल्दै मन्त्री भट्टराइले भन्नुभयो,  ‘यहाँ मलाई आइस्यो गैस्यो नभन्नुहोला, आउनुस् जानुस् भन्नुहोला, सरल हुनुपर्छ ।’

यस्तै सामाजिक सञ्जाल, फोन र भेटेर बधाई दिए पनि पैसा तिरेर कुनै सञ्चार माध्यममा शुभकामनाका लागि विज्ञापन नदिन पनि उहाँले आग्रह गर्नुभयो । ‘व्यवसायीहरुले पैसा तिरेर शुभकामना नदिनुहोला, मेरा लागि  त्यही राम्रो हुनेछ ।’

त्यस्तै उहाँले तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको स्मरण गर्दै उहाँका अपुरा काम आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लामो समय सुखदुःखमा अधिकारीसँगै रहेको बताउँदै नवनियुक्त मन्त्री भट्टराईले भन्नुभयो, ‘घनिष्ट मित्र गुमायाैँ । म सम्झन चाहन्छु ।

लामो समय बिताइयो, सुखदुःखमा सँगै हिँडेका थियौँ, उहाँले राम्रोसँग यो मन्त्रालय सम्हाल्नुहुन्थ्यो, तर घटनालाई जित्न सकेनौँ ।’

मन्त्री भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीकै रुपमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज उहाँको कुर्सीमा छु, म उत्तराधिकारी जस्तो भएर आएको छु, यसो भन्दा मलाई अफसोच छैन । म रवीन्द्र अधिकारीको उत्तराधिकारी भएको छु ।’

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...