श्रेष्ठ मृत्यु प्रकरणः उनैले अघि बढाएका थिए ललिता निवासको फाइल

काठमाडौं २०७६ श्रावण १२ आइतबार । बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका पूर्व नायब सुब्बा एवम् कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठको आइतबार मृत्यु भएको छ । काठमाडौं माछापोखरीस्थित हिमालयन सपिङ सेन्टरको आठौं तलाबाट खसेर उनको मृत्यु भएको हो ।
निधन भएका श्रेष्ठ लायन्स क्लबका पूर्व गभर्नर र नेपाल सरकारका पूर्व नासु पनि हुन् । जागिर छाडेर कांग्रेसको राजनीतिमा होमिएका श्रेष्ठ दुई वर्षअघि जिल्ला सचिव मनोनित भएका थिए ।
उनको मृत्युबारे प्रहरीले औपचारिक रुपमा केही जानकारी दिएको छैन । श्रेष्ठ आइतबार एक बजे सपिङ मलको छतबाट खसेको बताइएको छ । उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । सोमबार पोस्टमार्टम गरिने परिवारले जनाएको छ ।
प्रहरीले मुचुल्कामा ‘भवितव्य’ लेखेर अनुसन्धान गरिरहेकाले यसै भन्न नसकिने परिवार स्रोतले बाह्रखरीलाई बतायो । महानगरीय प्रहरी परिसर काठमाडाैंका डीएसपी हाेविन्द्र बाेगटीले प्रारम्भिक अनुसन्धानका क्रममा आठौं तलाबाट हाम फालेर आत्महत्या गरेको देखिएको बताए ।
बालुवाटारको ललिता निवास (सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने) प्रकरणमा मुछिएका श्रेष्ठले आफू नासु हुँदा फाइल बढाएको आरोप बेहोर्दै आएका थिए । सोही प्रकरणमा उनलाई अख्तियारले बयानका लागिसमेत बोलाएको थियो । बाह्रखरी
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...