बैनाबट्टा चलचित्र गितको भिडियो सार्बजनिक,आम दर्शकहरुको राम्रो प्रक्रिया आउन थाल्यो

wwwjerungfilmswwwjerungfilms 27 Jul 2019

राज कुमार राई ,११,साउन–काठमाण्डौं । नेपाली कथानक चलचित्र बैनाबट्टाको नयाँ गित बजारमा सार्बजनिक भएको छ । तिमीसँग पालम ख्याली गाँउन पाए हुन्थ्यो,जुगौ जाने माया प्रिती लाउन पाए हुन्थ्यो, बोलको गित भर्खरै मात्र बजारमा सार्बजनिक भएको हो । संगित तथा कलाकारिता जगतको धरोहरमा हुर्केका संगितकर्मी तथा निर्देशक राज चाम्लिङको शब्द रचना र निर्देशन यो भिडियोमा रहेको छ ।

पूर्वीय नेपालकै अति सुन्दर रमणीय छटाँभित्र पुष्ठभूमिमा छाँयाङ्कन भएको यो भिडियोमा बैनाबट्टा चलचित्रका नायिका कविता वान्तावा राई र देवेन्द्र नेम्वाङको रोचक अभिनय रहेको छ । यो भिडियोमा युगल जोडीबिचको आपसी माया प्रेम प्रशङ्ग देखाउदै,जिवनभरि सँगै मर्ने र सँगै जिउने जस्ता एउटा सुन्दर जिवनको परिकल्पना गर्न खोजिएको छ । सुहाउदो परिवेश र कथा अनुसारको पत्र चयन र अभिनयले यो भिडियो निकै अर्थपूर्ण र मार्मिक बनेको छ ।

यो भिडियोमा आएको आमदर्शकहरुको अति राम्रो प्रतियाले बैनाबट्टा चलचित्र हिट हुने प्रवल हालिएको यो भिडियो ३० हजार क्रश भइसकेको छ । यो भिडियोमा समेटिएको गितलाई दिपा लामा र सन्तोष राईले स्वर लहरी भरेका छन् । कमल राईको कोेरियोग्राफी रहेको यो भिडियोलाई देवजंग थापाले छाँयाङ्कन गरेका हुन् । असोज महिनाको पहिलो साताबाट रिलिज हुन लागेको यो चलचित्रलाई पे्रम लावतीले निर्माण गरेका हुन् ।

सह– निर्माताको रुपमा भावानी घिमिरे,बिक्रम नेमवाङ,राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह आदि रहेका छन् । यो चलचित्रमा मुख्य कलाकार तथा नायक,नायीकाको रुपमा, देबेन्द्र नेम्बाङ ,कविता वान्तावा राई,बाबु भाक्तान र रश्मिला तामाङ आदि रहेका छन् ।

अन्य कलाकारहरुमा, अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे, कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । पूर्विय नेपालको लिम्बु जाती र समग्रहमा सबै आदिबासी जनजातीहरुको कला सँस्कृति समेटिएर मुख्य कथावस्तु बनाइएको निर्देशक राज चाम्लिङले बताए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...