महाकुलुङ गाँउपालिकाको तेञ्जिङ हिलारी राजमार्ग र महाकुलुङ चक्रपथ निर्माण कार्यमा प्रमुख सागर किरातीको जोड, प्रदेश नं १ सरकारसँग आवश्यक बजेटको माग

wwwjerungfilmswwwjerungfilms 25 Jul 2019

राज कुमार राई ,१०,साउन–विराटनगर । महाकुलुङ गाँउपालिकाले तेञ्जिङ हिलारी राजमार्ग र महाकुलुङ चक्रपथ निर्माणका लागि प्रदेश नं १ सरकारसँग बजेटको माग गरेको छ । बिहिबार मुख्य मन्त्रि परिषदको कार्यल प्रदेश नं १ विराटनगरमा महाकुलुङ गाँउपालिका भित्र रहेका बाँकी सडक निर्माण तीव्र रुपमा सम्पन्न गर्नका लागि आवश्यक बजेटको ब्यावस्था गरिदिन पालिका प्रमुख सागर किराँतीले मुख्य मन्त्रि शेरधन राईलाई आग्रह गर्नु भयो ।

पर्यटकीय क्षेत्रको रुपमा घोषित तेन्जिङ हिलारी राजमार्ग र महाकुलुङ चक्रपथ निर्माणको लागि आवश्यक बजेटको माग गर्दै प्रमुख किरातीले प्रदेश नं १ का मुख्य मन्त्रि शेरधन राईलाई ज्ञापण पत्र समेत बुझाएको हो । सो क्रममा ज्ञापण पत्र बुझदै मन्त्रि राईले सकरात्मक प्रतिक्रिया दिएको पनि किराँतीले जानकारी दिए । मुख्य मन्त्रि राईको सकरात्मक वचन र प्रतिवद्धताले कार्यन्वयनमा सार्थकता पाउनेमा आफू पूर्ण विश्वास रहेको किराँतीले बताए ।

महाकुलुङ चक्रपथ अन्र्तगत बुङ,छेस्काम,ममेर्कु,गुदेललाई समेटिएको छ । सो चक्रपथ मानिएको बुङ,छेस्काम र ममेर्कु,गुदेलको बिचमा होङगुखोला पर्दछ । जुन खोला बर्षातको समयमा निकै चुनौती र कठिनाईको विषय बनेको छ । जसले गर्दा महाकुलुङ एरिया भित्र पारवार गर्न निकै कठीनाई हुदै आएको छ ।

यसको मुख्य विकल्पको रुपमा हिउँद र बर्षा दुवै समयमा नियमित रुपमा यातायात सञ्चालन हुनका लागि मोटरेबल पूलको आवश्यकतालाई ध्यानमा राखी गाँउपालिकाको बजेटबाट डि. पि. आर निर्माण गरिएको छ । तेञ्जिङ हिलारी राजमार्ग जोडिने बुङ र गुदेल बिचको थोकोदमा केहि समयदेखि सडक निर्माण कार्य स्थगित भएर बसेको छ ।

सो योजनालाई संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेपनि यो नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रममा भने समेटन सकिएको छैन । साल्पा,भोजपुरदेखि दोभानेसम्म टयाक खोलेर जोडन करिब ७५ कि.मि. बाँकी रहेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...