विदेशीको नागरिक अपराध धन्दामा, नौ महिनामा १७५ पक्राउ

wwwjerungfilmswwwjerungfilms 23 Jul 2019

53956782 – prisoner in jail

काठमाडौं – नेपाल प्रहरीले विगत नौ महिनामा विभिन्न किसिमका अपराधमा संलग्न १७५ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  प्रहरी प्रधान कार्यालयले तयार पारेको २०७५ साउनदेखि चैतसम्मको तथ्यांकअनुसार विभिन्न अपराध शीर्षकमा १७५ विदेशी नागरिक पक्राउ परेका छन् ।

तीमध्ये सबैभन्दा बढी लागूऔषध कारोबारको मुद्दामा पक्राउ परेका छन् । १०९ पुरुष र ४ महिला गरी कुल ११३ विदेशी नागरिक लागूऔषध मुद्दामा पक्राउ परेका हुन् । त्यस्तै, सो अवधिमा जबर्जस्ती करणीको मुद्दामा १९ र हातहतियार तथा खरखजाना मुद्दामा १५ विदेशी नागरिक पक्राउ परेको तथ्यांक नेपाल प्रहरीसँग छ ।

त्यस्तै, कर्तव्य ज्यान मुद्दामा तीन, ज्यान मार्ने उद्योगमा नौ, डाँका चोरीमा आठ, व्यक्ति अपहरणमा दुई,  मानव बेचबिखनमा तीन र विस्फोटक पदार्थ मुद्दामा तीन जना विदेशी नागरिक सो अवधिमा पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको छ । राजधानी दैनिकमा समाचार छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआइजी सैलेश थापा क्षेत्रीले नेपालमा पक्राउ परेका विदेशी नागरिक व्यावसायिक रूपमा अपराध कर्ममा संलग्नदेखि तत्कालीन परिस्थितका कारण अपराध कर्ममा संलग्न रहेकासम्म पाइएको जनाए ।

नेपालमा अपराध कर्ममा संलग्न हुन पैसा लिएरै आएका विदेशी नागरिकदेखि तत्कालीन अवस्थामा परिस्थितिका कारण अपराधमा संलग्न हुन पुगेका विदेशीसम्मलाई प्रहरीले पक्राउ गरेको छ’, डीआइजी क्षेत्रीले राजधानीसँग भने ।

उनले पैसा लिएरै व्यावसायिक रूपमा नै अपराध गर्न आउने, लागूऔषधको कारोबारमा क्यारियरको काम गर्ने, नेपाल भ्रमणमा आएकाहरू तत्कालीन आवेशका कारण अपराधमा संलग्न हुनेसहितका विभिन्न अपराधमा विदेशीहरू संलग्न हुने गरेको जनाइएको छ ।

पक्राउ पर्ने विदेशी नागरिकमा अधिकांश छिमेकी मुलुकको रहेको प्रहरीले जनाएको छ । तर, कुनकुन देशका कति नागरिक कुन मुद्दामा पक्राउ परेको भन्नेबारे प्रहरीले तथ्यांकमा खुलाएको छैन । प्रहरीले बेलाबखत भारतसँगको खुला सिमानाका कारण अपराध नियन्त्रणमा असहज हुने गरेको बताउँदै आएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...