लिम्चुङबुङ संकटग्रस्त , खाद्यन्न व्यवस्थापन र सडक बनाउन सहयोगको अपिल

wwwjerungfilmswwwjerungfilms 19 Jul 2019

उदयपुर, साउन ३ गते ।  लामो समय सम्मको खडेरीको मारमा परेको लिम्चुङबुङ गाउँपालिका  फेरी अबिरल बर्षाका कारण सं सकटग्रस्त बनेको छ । पालिकाभित्रका सडक लगायत सदरमुकाम गाईघाटबाट गाउँपालिकासंग जोडिएका मुख्य सडकहरु क्षतीग्रस्त बनेका छन् ।

गाईघाट–मुर्कुची–लिम्चुङबुङ–हलेसी सडक क्षतीग्रस्त छ । त्यस्तै गाईघाट–फोक्सिनटार–लिम्चुङबुङ सडक र कटारी–बेतेनी–इनामे–लिम्चुङबुङ सडक पनि उत्तिकै क्षतीग्रस्त रहेको स्थानीयले बताएका छन् । पहिरो र भेलले सडक क्षतीग्रस्त पारेकाले कुनै पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

सवारी साधन नचलेपछि त्यसभेगका बासिन्दाहरुलाई आवतजावत र खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्रीहरु ढुवानीमा समस्या परेको छ । स्थानीयहरु पैदलयात्रा गर्न बाध्य छन् भने खाद्यान्न पिठ्यूमा बोक्न बाध्य छन् ।

शुक्रबारमात्र पालिका अध्यक्ष लगायतको टोली लिम्चुङबुङबाट दुईदिनको पैदल यात्रापछि सदरमुकाम गाईघाट आइपुगेका छन् । वर्षातले सडकहरु पूर्णरुपले क्षतीग्रस्त पार्नुका साथै घर, बस्तीहरु जोखिममा परेपछि गाउँ कार्यपालिकाले पालिकालाई संकटग्रस्त पालिका घोषणा गरेको पालिका अध्यक्ष मेजरकुमार राईले बताए ।

गत असार ३१ गतेको गाउँकार्यपालिकाको बैठकबाट संकटग्रस्त गाउँपालिका घोषणा गरि १ नं. प्रदेश सरकार र संघिय सरकारलाई गाउँपालिकाले पत्रचार गरि जानकारि गराएको अध्यक्ष राईले बताए ।

साथै पालिकाले छिमेकी स्थानीय सरकारहरू ताप्लि  र रौता गाउँपालिकालाई बिपतको सामुहिक सामना गर्न बिशेष अनुरोध गरेको छ । जिल्ला सयन्वय समिति, प्रदेश र संघका सांसदहरू, राजनीतिक दल लगायतलाई पनि सहयोगका लागि अनुरोध गरेको पालिकाले जनाएको छ ।

पालिकाले खाद्यन्न संकट ब्यबस्थापन र पहिरोबाट तहसनहस भएको सडकलाई पुनः सञ्चालनमा ल्याउन  तयारी शुरू गरेको जनाएको छ । साथै सम्बन्धीत निकायहरुलाई पनि विशेष सहयोगको आग्रह गरेको जनाएको छ । पूर्णपुष्टि

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...